राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल बने ‘महामुर्ख’

राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल बने ‘महामुर्ख’
+
-

जनकपुरधाम- जनकपुरमा विहीवार सम्पन्न महामुर्ख सम्मेलनमा राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले महामुर्खको उपाधि पाएका छन्।

प्रत्येक वर्षझैँ यसपालि पनि होलीको पूर्वसंध्यामा जनकपुरमा महामुर्ख सम्मेलनको आयोजन गरेर मिथिला नाट्यकला परिषदले लाललाई यस बर्षको महामुर्खको उपाधि दिएको छ।

हिन्दु धर्मावलम्बीहरुको पर्व होलीको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप) महामुर्ख सम्मेलनको आयोजना गरेको हो।

आधुनिकताको कारण होलीको मौलिकता हराउँदै गएको भन्दै मिनापले प्रत्येक बर्ष महामुर्ख सम्मेलन र होरी महोत्सव आयोजना गर्दै आएको छ।

विहीबार जानकी मन्दिरको प्राङ्गणममा महामुर्ख सम्मेलनमा विशिष्ट व्यक्तिलाई महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार मिनापले यस बर्ष लाललाई महामुर्खको उपाधि प्रदान गरेको छ।

विगत वर्ष मधेश आन्दोलनका कारण मिनापले महामुर्ख सम्मेलनको आयोजना स्थगित गरेको थियो।

यसभन्दा पहिले मिनापले वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, राजनीतिज्ञ रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया लगायतका व्यक्तिलाई महामुर्खको उपाधिले सम्मानित गरिसकेको छ भने अन्य १० जनालाई पनि पटमुर्ख, डपौरशंख सहितको उपाधिले सम्मानित गरिएको छ।

यसै अवसरमा जनकपुरको विभिन्न व्यक्तिहरुलाई विभिन्न उपाधि दिइएको छ।

अधिकांश कविहरुले होलीको अवसरमा व्यंग्यात्मक कविता एवम जोगिरा वाचन पनि गरेका छन्।

कार्यक्रममा रेवती रमणलाल, विजयदत्त मणी, संतोष लाल कर्ण, नरेश ठाकुर, काशीकान्त झा, ब्रजमोहन झा, सरोज मिश्र, पुनम झा, सिद्धिनाथ मिश्र सहितको व्यक्तिहरुले आआफ्नो कविता र जोगिरा वाचन गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?