लेखक नारायण ढकालकाे कथा संग्रह ‘तमस’ सार्वजनिक

लेखक नारायण ढकालकाे कथा संग्रह ‘तमस’ सार्वजनिक
+
-

पोखरा– पोखरामा भइरहेको आठौँ नेपाल साहित्य महोत्सवमा नारायण ढकालको कथा कृति ‘तमस’ विमोचन भएको छ। लेखकद्वय खगेन्द्र संग्रौला र गनेस पौडेलले पुस्कतको संयुक्त रुपमा विमोचन गरे।

नेपाली समाजको विभिन्न घटनाक्रमलाई कथामा बुनेको कृतिका लेखक नारायण ढकालले बताए। ‘पञ्चायतदेखि गणतन्त्रसम्मको नेपाली परिवेशसँग जोडिएका घटनालाई मैले पुस्तकमा प्रस्तुत गरेको छु’, उनले भने, ‘वस्तुपरक कथा धेरै छन्।’

मनपर्ने ठाउँ पोखराबाट पुस्तक विमोचन गर्न पाउँदा खुशी लागेको उनले बताए। पुस्तक बजारमा आइसकेपछि पाठकले दिने प्रतिक्रियालाई सम्मान गर्ने लेखक ढकालले सुनाए। पुस्तकमा १३ वटा कथा संगृहीत छन्।

पुस्तक विमोचनअघि लेखक तथा कथा संग्रहका बारेमा लेखकद्वय खगेन्द्र संग्रौला र गनेस पौडेलले धारणा राखेका थिए। ढकालले विगतको लेखन शैलीलाई कायम राख्दै नयाँ कृतिमा केही नयाँ शैली अपनाएको लेखक पौडेलले सुनाए।

लेख्ने व्यक्ति आफैमा प्रगतिशील हुने हुँदा ढकालको नयाँ कृतिले साहित्य क्षेत्रमा थप योगदान दिएको लेखक पौडेलको भनाइ थियाे। अर्का लेखक खगेन्द्र संग्रौलाले कृतिकार ढकालको आनीबानी र विगतका निजी जीवनकाबारे सुनाउँदा दर्शकको हाँसो छुटाए।

‘तसम’ ढकालको १८ औं कृति हो। बुक हिलले पुस्तक प्रकाशन गरेको हो। यसअघि उनका ५ वटा उपन्यास, ७ वटा कथा संग्रह, बाल कथा संग्रह, निबन्ध संग्रह लगायत अनुवाद सहितका कृतिहरु प्रकाशित भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?