६ करोड लागतमा बज्रयोगिनी मन्दिरको पुननिर्माण सकियो

६ करोड लागतमा बज्रयोगिनी मन्दिरको पुननिर्माण सकियो
+
-

साँखु – उपत्यकाको पुरानो मध्येको ऐतिहासिक बज्रयोगिनी माई र पदम सोयल मन्दिरको पुननिर्माण सकिएको छ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण भत्किएको दुईवटा मन्दिर तीन वर्ष लगाएर पुरातत्व विभागले पुननिर्माण गरेको हो।

मन्दिरको पुननिर्माण सकिएसँगै शनिबार संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले मन्दिरको गजुरको जीवन्यास(उद्घाटन) गरेका हुन्।

दुईवटा मन्दिरको पुननिर्माणका लागि पाँच करोड ९२ लाख रुपैयाँ खर्च भएको विभागका महानिर्देशका दामोदार गौतमले जानकारी दिए। साँखु क्षेत्रका ११ वटा पुरातावित्क महत्वका मन्दिरहरुको पुननिर्माण सकिएको गौतमले जानकारी दिए।

मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले भुकम्पबाट क्षति पुगेको मन्दिरलाई पुरानै शैलीमा निर्माण भएको देख्दा खुशी लागेको बताए।

उनले आफ्नो मन्त्रालय मातहतका धार्मिक तथा साँस्कृतक सम्पदामध्ये ६० प्रतिशतको पुननिर्माण सकिएको र बाँकीको दुई वर्षभित्र सकिने विश्वास व्यक्त गरे। भट्टराईले साँखु क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गर्ने बताउँदै साँखु क्षेत्रलाई केन्द्रविन्द बनाएर पदमार्ग बनाउन सुझाव दिए। गुरु रिम्पोझेले हिँडेको चोभार, स्यम्भु, बौद्ध, बज्रयोगिनी, नवबुद्धलाई समेटेर धार्मिक पदमार्ग बनाउन सरकारले पहल गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले ब्रयोगिनीलाई लिच्छविकालदेखि चढाएको गहना सुरक्षित रहेकाले त्यसलाई संग्रालयका रुपमा राख्ने योजना नगरपालिकाले बनाएको जानकारी दिए।

उनले भृकुटीको विवाहसमेत ब्रयोगिनीको प्राङ्गणमा भएको बताउँदै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नसमेत सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे। बज्रयोगिनीलाई बौद्ध र हिन्दू परम्परानुसार देवीका रुपमा पूजाआराधना गर्ने गरिन्छ।

उक्त मन्दिरको निर्माण मध्ययुगिनी समयमा प्रताप मल्ले ग्रन्थकुट शैलीमा निर्माण गरेका थिए। उपत्यका र वरिपरि जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोकलगायतका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?