नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

+
-

त्रिशूली-प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ।

गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् ।

प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ।

प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा काँग्रेस पहिलो भएको छ भने क्षेत्र नं २ मा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा २३ हजार २९५ मतसहित काँग्रेस पहिलो, १८ हजार ५१२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार ३५३ मतसहित एमाले तेस्रो भएको छ ।

क्षेत्र १ को प्रदेशसभातर्फ प्रदेशसभा (क) मा काँग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार ६४६ र एमालेले पाँच हजार ३३२ मत ल्याएको छ । प्रदेश (ख) मा नेपाली काँग्रेसले ११ हजार २६९, एमालेले आठ हजार ७८३ र माओवादी केन्द्रले सात हजार ८६६ मत ल्याएको छ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले २५ हजार २५६, काँग्रेसले २४ हजार १६०, माओवादी केन्द्रले नौ हजार ३३८ मत ल्याएको छ ।

क्षेत्र नं २ को प्रदेश (क) मा एमालेले १२ हजार २२९, काँग्रेसले १० हजार ८७२ र माओवादी केन्द्रले पाँच हजार १०९ मत ल्याएको छ । यस्तै, प्रदेश (ख) मा काँग्रेसले ११ हजार ५६३, एमालेले १० हजार ७२२ र माओवादी केन्द्रले पाँच हजार २६२ मत ल्याएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?