
पोखरा-दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार अमिताभ बागचीको ‘हाफ द नाइट गन’लाई प्रदान गरिएको छ।
आठौँ नेपाल साहित्य महोत्सवमा उक्त पुरस्कार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखक अमिताभ बागचीलाई प्रदान गरे।
पुरस्कार राशी २५ हजार अमेरिकी डलर छ। उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो।
मनोनयनमा परेका ६ नोबेलाई उछिन्दै बागचीको उक्त नोबेल छनोटमा परेको डिएससी पुरस्कार जुरी प्रसिद्ध लेखक हरिश त्रिवेदीले बताए।
अर्वाड पाउन सफल अमिताभ बागची को ‘हाफ द नाइट इज गन’, सहित जामिल जान कोचाईको ‘नाइट्स इन लोगर’, सादिया अब्बासको ‘द इम्टी रुम’, माधुरी विजयको ‘द फार फिल्ड’, राज कमाल झाको ‘द सिटी एण्ड द सी’ र अरुनभा सिन्हाले ट्रान्सलेट गरेको पुस्तक ‘देर इज गन पाउडर इन द इयर’ मनोनयनमा पर्न सफल भएका थिए।
मनोनयनमा पर्न सफल पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास समारोहमा उपस्थित हुन सकेनन्। उनीहरुले भिडियो मार्फत पुस्तकको बारेमा संक्षिप्तमा जानकारी गराए। अन्य सबै लेखक तथा जुरी निर्णायक कार्यक्रममा प्रत्यक्ष सम्बोधन गरेका थिए।
सुन्दर सहर पोखरामा डिएससी पुरस्कार वितरण गर्न पाउँदा ज्यादै हर्षित भएको पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले बताइन्। गएको आठ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै डिएससी पुरस्कार वितरण हुँदै आएको छ।
प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने कार्यक्रम अनुसार यसवर्षको पुरस्कार नेपाल साहित्य महोत्सवबाट घोषणा गरिएको हो।