हिरा व्यापारी रमेश महर्जनको व्यवसायिक यात्रा

‘भारतीय सिरियलले नेपाली गहनाको मौलिकता मर्न थाल्यो’

+
-

सुनचाँदीका गहनाहरुको व्यापारमा लामो समयदेखि आवद्ध रहँदै आएका व्यवसायी हुन् रमेश महर्जन। आर.बी. ज्वेलरीका कार्यकारी निर्देशक रहेका उनी हाल नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्षको जिम्मेवारीमा छन् ।

देश सञ्चारका रविन आचार्यले महासंघका अध्यक्ष रमेश महर्जनसँग उनको व्यवसायिक यात्रा र नेपालमा सुनचाँदी व्यवसायको अवस्थाका बारेमा कुराकानी गरेका छन् ।

१) सुन व्यवसायमा कसरी लाग्नु भयो ?

म रोजगारीको सिलसिलामा हङकङ गएँ । हङकङमा हिराको होलसेल व्यापार गर्ने कम्पनीमा मैले काम पाएँ । उक्त कम्पनीमा म्यानुफ्याक्चरको पनि काम हुन्थ्यो। त्यहाँ मैले सात वर्षसम्म काम गरे । उक्त कम्पनीमा काम गर्दा गर्दै म हिरा सम्बन्धी सबै कुरामा जानकार भए। हिराको गुणस्तर, कसरी बन्ने, सबै कुरामा मैले जानिसकेको थिएँ ।

जस्तो भए पनि आफ्नो गाउँघर, देश नै प्यारो लाग्दो रहेछ। त्यसैले म देशको माया र स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाले सन् १९९५ मा नेपाल फर्किएँ।

नेपाल फर्किएँ लगत्तै हिराको बजार र अवस्थाका बारेमा बुझ्न तथा परामर्ष लिन थाले, नेपाली बजारमा आफूलाई नयाँ तरिकाले प्रस्तुत गर्न सक्छु या सक्दिन भनेर धेरै अध्ययन गरिसकेपछि मेरो व्यापारको सिलसिला सुरु भएको हो ।

२) चुनौतीहरु कति भोग्नु पर्‍यो ?

हरेका क्षेत्रमा चुनौति त हुन्छन् नै । यस क्षेत्रमा पनि चुनौति थिए। व्यवसाय गर्नका लागि बजारको अध्ययन गर्न नै दुई वर्ष लाग्यो । विस्तारै सबै कुरा बुझेपछि काम गर्न सजिलो भयो। सन् १९९७ मा व्यवसाय गर्न आधिकारिक रुपमा पसल दर्ता गरे ।

पहिले मानिसहरु गरगहना त हुनेखाने वर्गका लागि मात्र हो भन्ने सोचाई राख्ने गर्थे । यो उत्पादनको साधन होइन उपभोग्यको मात्र साधन हो भन्ने सबैको बुझाई थियो। यो सोचाइलाई परिवर्तन गर्न निकै चुनौतिको काम थियो । तर मैले यो उद्योगको रुपमा विकास हुनुपर्छ र हाम्रो मौलिक गहनाहरु विश्वबजारमा पुग्नुपर्छ र नेपालमा पाइने कच्चा पदार्थको विश्व बजारसम्म पुग्नुपर्छ भन्नेमा ध्यान केन्द्रित गरे ।

३) २०–२२ वर्षको अन्तराल पार गरेर यहाँसम्म आउँदा कतिको फरक पाउनु भयो ?

नेपालका मानिसहरुलाई हिरा नौलो कुरा थियो। सबैले पुरानै शैलीले नै बुझ्ने गर्थे चलेको चलन पनि त्यस्तै थियो । त्यो समयमा विश्वबजार अगाडि बढिरहेको थियो भने नेपालमा त्यस सम्बन्धी जान्ने मानिस नै थिएनन् ।

पुरानै शैलीका गहनाहरु थिए। तर त्यो बेला मैले हङकङमा सिप सिकेँ । तर पहिलेको तुलनामा अहिले धेरै राम्रो भइरहेको छ । सबैले गहनाको महत्व बुझेका छन्। व्यापार व्यवसायमा पनि धेरै राम्रो भइरहेको छ। गहनालाई अहिले उपभोग भन्दा पनि उत्पादनका रुपमा प्रयोग गरिरहेका छन् । उत्पादनका लागि प्रयोग गरिरहका छन् ।

४) नेपालका मौलिक आभुषणलाई विश्वबजारसम्म पुर्‍याउन के गर्नुपर्छ ?

मलाई के लाग्छ भने विश्वबजार तथा आन्तरिक बजार र नेपालको गरगहनाको मौलिकता हरेक गहनासँग हाम्रो कला संस्कृति जोडिएको छ।
गहना व्यवसायमा सबैभन्दा मुख्य कुरा चाहिँ यो काम गर्दा संस्कृतिका रुपमा गुणस्तरीय तरिकाले काम गर्नुपर्छ ।

तथ्यपरक कुरा अगाडि राख्नुपर्छ। त्यसो भयो भने हामीले सधैँ बजार पाउँछौ। ठूलो नपाइएला तर बजार पाइन्छ नै भन्ने सोचले उपभोक्तालाई जानकारी दिने र कुनै पनि बस्तु उत्पादन गर्दा गुणस्तरमा ध्यान दिने ।

कसरी बन्छ, लागत कति लाग्छ, किन हामी चार्ज गछौँ, भोलि त्यसले तपा के फाइदा दिन्छ, यी सबै कुरा बुझाएर अगाडि जाँदा बजार बिस्तार गर्न सकिन्छ ।

यो एकदमै राम्रो काम हो । हामीले यस्तो वस्तु बिक्री गरिरहेका गर्छौँ, जुन उपभोक्ताहरुका लागि पनि फाइदा हुने, भविष्यमा लगानीका रुपमा प्रयोग गर्न सकिने साथै हाम्रो कला संस्कृतिलाई पनि निरन्तरता दिन सकिन्छ । मौलिक गहनालाई नयाँ तरिकाले प्रस्तुत गर्दा सबैले मन पराउँछन् ।

यस्तै हाम्रो हरेक गहनाको आफ्नै सांस्कृतिक, परम्परागत र गुणस्तरको महत्व छ। यी सबै कुरालाई ध्यानमा राखेर काम गर्ने हो भने हामी छिटै विश्व बजारमा प्रतिस्पर्धा गरिहेका हुनेछौँ ।

हिजो सञ्चारको कमी थियो त्यसकारणले बजार फस्टाउन सकेन तर अहिले त्यस्तो अवस्था छैन । अब हामी सजिलै अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्छौँ ।

५) माग र खपत कता हुन्छ र कसरी ?

हिरा भन्ने वितिक्कै मानिसको मानसिकता नै महंगो हुन्छ भन्ने हुन्छ । त्यो वास्तविकता होइन । हिराको पनि धेरै गुणस्तर हुन्छ। जसले गर्दा सबै वर्गकाले अफोर्ड गर्न सक्छ । त्यसको फरक गुणस्तर हुन्छ । तर हामीले त्यो विषयमा जान्ने मौका पाएनौँ ।

सुनचाँदीसँग नेपालीहरुको संस्कृति परम्परा जोडिएको हुन्छ । पहिले हाम्रा पुर्खाले घर खेत जोड्ने या गहना जोड्ने गर्थे । ताकी भावी पुस्तालाई सजिलो होस् र त्यसलाई निरन्तरता दिउन् ।

तथ्याङ्क अनुसार भने अहिलेको बजार बिस्तारै बढ्दै गईरहेको छ। धेरै ‘कस्ट’ नलाग्ने र नेपाली मौलिकताका गहनाहरु विश्वबजारसम्म पु¥याउन सजिलो हुन्छ ।

हामीसँग अहिले अवसर छ विश्व बजारसम्म पुग्ने र नेपाली गहनाहरुको प्रचारप्रसार गर्ने। हाम्रो ‘सिभिलाइजेशन’, परम्परा र गहना हाम्रो परम्परासँग जोडिएको छ।

अर्को गुणस्तरको कुरामा हाम्रो नेपालमा एकदमै राम्रो गुणस्तरीय गहना बन्छन्। नेपाली बजारमा बिस्तारै खपत भइरहेको छ।

नेपालमा मात्र होइन विश्वबजारमा नै माग छ । तर माग अनुसारको आपूर्ति भइरहेका छैन । राज्यले पनि पहिला उपभोग्य वस्तु मात्र लिएको थियो । यो निष्क्रिय पूँजी हो भन्ने कुरा थियो । तर अब हामीले उत्पादनमुखी, निर्यातमुखि , हाम्रो मुख्य लक्ष्य लिइरहेका छौँ ।

६ ) यस क्षेत्रमा रोजगारको कतिको अवसर छ?

रोजगारीको अवसर धेरै छ। धेरै युवावर्गहरु यस क्षेत्रमा लागेका छन् । राम्रो गरिरहेका पनि छन् । तर पहिलेको तुलनामा काम गर्ने कालिगढहरु अहिले विस्थापित भइरहेका छन्।

दोस्रो पुस्तामा कालिगढहरु अहिले यस क्षेत्रमा आएका छैनन्। नेपालमा सिर्जनाको भ्यालु नै भएन । अन्य देशमा क्रियशनको भ्यालु जोडिन्छ। तर हाम्रो देशमा कलाको भ्यालु नै जोडिँदैन ।

अहिलेको अवस्थामा पनि सुन किनेको जस्तो हुन्छ, गहना किनेको जस्तो हुँदैन । कालिगढहरुले कला, सिपको मूल्य नपाएका कारण यस क्षेत्रबाट पलायन हुँदैछन्।

यस क्षेत्रमा सम्भावना भएर पनि कामको सही मूल्यांकन नहुदाँ युवाहरु यस क्षेत्रमा लाग्न चाहन्छन्। जसले गर्दा हाम्रो कला, संस्कृति र मौलिकता लोप हुने सम्भावना बढ्छ ।

सबै कालिगढ बिस्तारै लोप हुँदै गइरहेका कारण आफूहरुले बाह्य डिजाइनको प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ। बाह्य कालिगढमा पनि भर पर्नु पर्ने अवस्था आइरहेको छ।

७) मौलिकतालाई बचाउन के गर्नुपर्ला ?

नेपाली गहनामा कला, परम्परा र संस्कृति रहेको छ तर हामी यस्तो गहनाको पछि लागेका छौ जहाँ हाम्रो परम्परा र कला नै छैन । भारतीय सिरियलका कारण नेपाली गहनाको महत्व घटाउँदै गइरहेको छ।

यसको मुख्य कारण भनेको सरकारी कमजोरी पनि हो । नेपालको मौलिकतालाई बचाउन नेपाली कला र कालिगढको सिर्जनाको सही मूल्यांकन हुनपर्‍यो । त्यसो गरे कालिगढ उत्साहित हुन्छन् र बढी राम्रो राम्रो सिर्जना गर्न थाल्छन् । जसले मौलिक गहनालाई जीवित राख्न सहयोग गर्छ ।

८) तपाईँ आफ्नो क्षेत्रबाट मौलिकता जोगाउन र उद्योगका रुपमा बिस्तार गर्न कसरी काम गर्नु हुन्छ?

म नेपाल सुनचाँदी रत्न तथा आभुषणको अध्यक्षका हिसाबले भन्दैछु । जुन दिनदेखि मैले गहनाको अध्ययन गर्न पाइला टेके त्यो दिनदेखि मौलिक गहनालाई मौलिकताको डिजाइनमा र त्यसलाई फ्युजन गरेर अर्को प्याटनमा र मोडन डिजाइनमा गरी तीन किसिमले आन्तरिक बजारमा र विश्वबजारमा कसरी पुग्न सकिन्छ भनेर काम गरिरहेको छु ।

म २० वर्षदेखि यसै विषयमा लागि रहेको छु । अहिले यस कुरालाई राज्यले पनि बुझिरहेको छ। यसका लागि सम्बन्धित निकायसँग पहल भइरहेको छ।

पहिले राज्यले पनि यस क्षेत्रबाट राजश्वमा र रोजगारीमा सहयोग गर्दैन भन्ने थियो।

तर अहिले राज्यले पनि यस क्षेत्रबाट राजश्व वृद्धि गर्न सकिने र निर्यात गर्न सकिनुका साथै भविष्यमा अन्य उद्योग जस्तै अगाडि बढ्न सकिन्छ भनेर काम गरिरहेको छ।

हामीले यस क्षेत्रलाई अझ विस्तार गर्न केहीदिन अगाडि मात्र प्रतिवेदन पेश गर्‍याैँ ।

जसमा जेएम ज्वेलरी एक्सपट प्रमोशन काउन्सिल, हल माक्स सेन्टर, जेए ल्याब, जस्ता सुझाव हामीले प्रतिवेदन मार्फत थिएका छौँ ।

हाम्रो सुझाव अनुसार राज्यले प्रतिवेदन तयार गरिरहेको छ। यदि यो कार्यान्वयनमा आयो भने राज्यले सोच्दै नसोचेको लाखौँले रोजगारी पाउने छन् भने हाम्रो अहिलेसम्मको विश्लेषणमा झण्डै एक अर्ब देखि दुई अर्ब डलर बराबरको बजार छ । तर त्यो अवस्थासम्म पुग्न सहज नीति चाहिन्छ ।

सरकारले पनि गहना पनि निर्यात गर्न सकिन्छ भने लिस्टिङ गरिसकेको छ । म पनि महासंघका तर्फबाट प्रतिनिधित्व गरिरहेको छु । र मौलिक गहनाहरुलाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यले जनवरी २५ मा माउन्टेन रनवे काला पथ्थरमा आयोजना गर्दैछौँ ।

प्रस्तुतिः पूर्णिमा विश्‍वकर्मा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?