
अ
+
अ
अ
-
धनगढी- बझाङमा हिउँमा पुरीएर दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षीया कविराज बोहरा र १४ वर्षीया शहदेब बोहराको मृत्यु भएको हो।
मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरीएर मृत्यु भएको प्रहरी नायव उपरिक्षक गणेश बमले बताए।
जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्कीएपछि खोजी गर्दै जाँदा मंगलबार दुवैजना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए।