
काठमाडौँ–नेपाल प्रर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्य सहित एक्सेलट्रिप ग्लोबलले नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । पन्ध्र लाख होटल र चार सय वायु सेवा कम्पनीका संजाल मार्फत एक्सेलट्रिप अनलाईन ट्राभलको सेवा विस्तार गरेको हो ।
राजधानी नक्सालस्थित मेरियन होटलमा पत्रकार सम्मेलनको आयेजना गरी कमपनीले उक्त एक्सेलट्रिप अनलाइन ट्राभलको बारेमा जानकारी दिएको हो ।उक्त अनलाईन ट्राभलको मुख्य उद्देश्य संसारभरका लाखौा प्रर्यटकहरुलाई नेपालप्रति आकर्षित गर्दै पर्यटन वर्षलाई सफल बनाउन २० लाख पर्यटक भित्र्याउने कमपनीले लक्ष्य लिएको छ।
उक्त अनलाइन ट्राभलले आन्तरिक तथा अन्तराष्ट्रिय उपभोक्ता एंव होटल संचालकहरुलाई प्रत्यक्ष जोड्ने मात्र नभई अन्तक्रियातमक अनलाइन प्लाटर्फमले एकातिर यात्रीहरुलाई स्थानीय होटल खोज्न र रोज्नमा सहयोग पुर्याउनुका साथै अनलाइन बुकिङ प्रणालीको महत्वबारे जानकारी गराउने कम्पनीले जनाएको छ।
यस्तै उक्त अनलाइनले होटलहरुका लागि ग्राहक उपलब्ध गराउने पनि काम गर्ने कम्पनीले जानकारी दिएको छ।
उक्त कार्यक्रममा एक्सेलट्रिप अनलाइन ट्राभलका कार्यकारी निर्देशक ज्ञानेन्द्र खड्काले उक्त अनलाइनका बारेमा प्रकाश पार्दै सो अनलाइनका माध्यमबाट संसारको जुनसुकै देशमा जादाँ या भाषाको समस्या पर्दा सोझै कमपनीसँग सम्पर्क गर्न सकिने र नेपाली भाषामा कुरा गर्न मिल्ने बताए ।
उनले १४ देशहरु, १५ लाख होटल तथा चार सय भन्दाबढी एयरलाइन्ससाग सहकार्य गरिरहेको बताए।उनले भने ‘ एक्सेलट्रिपको भुत्तानीका माध्यम विदेशी र स्वदेशीका बैंकहरुबाट जारी भिसा, मास्टरकार्ड, युनियन पे, इ सेवाको डिजिटल वालेटबाट गर्न सकिन्छ।’
यस्तै सरल र सहज भुत्तानीका लागि एक्सेलटिपले इ सेवासँग साझेदार गरेको छ भने होटलहरुसागको भुत्रानीका लागि हिमालयन र कुमारी बैंकसाग साझेदार गरेको छ।
यस्तै ज्ञानको दायरा विस्तार गर्न सफ्टवारिका कलेज अफ आइटी र इ कमर्ससँग रणनीकि साझेदार गरेको छ।