सामाजिक अभियन्तालाई साथ

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सेना र प्रहरीले सहकार्य गर्ने

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सेना र प्रहरीले सहकार्य गर्ने
+
-

काठमाडौं- नेपाली सेना र नेपाल प्रहरीले वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको अध्यक्षता रहेको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएका छन्।

बुधबार आविष्कार केन्द्रमै पुगेर सरकारका दुवै सुरक्षा निकायका अधिकारीहरुले पुनसँग सहकार्यको सम्भावनाको विषयमा छलफल गरेका हुन।

डीआईजी राजीव सुब्बाको नेतृत्वमा नेपाल प्रहरीको सात सदस्यीय प्राविधिक टोली तथा अनुसन्धान तथा विकास निर्देशनालयबाट ब्रिगेडियर जनरल दीपक घलेको नेतृत्वमा तीन जनाको टीम छुट्टा-छुट्टै रुपमा पुनको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा अवलोकनका लागि पुगेको थियो।

त्यहा पुगेका सेनाका डीआइजी सुब्बाले ३० हजारको चेक सहयोग गरेका थिए। यसका साथै नेपाल प्रहरीले आविष्कार केन्द्रसँग प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाको विषयमा छलफल गरेका थिए।

त्यसैगरी सेनाले शैन्य क्षेत्रमा उपयोगि हुने किसिमको प्रविधि विकासमा आविष्कार केन्द्रसँग सहकार्य गर्न सकिने जानकारी गराएको पुनले बताएका छन्।

उनले देश सञ्‍चारसँग भने, ‘ नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग चाँहिँदैन।नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता स्वरुप तीन करोड चाहिएको छ। जसअन्तर्गत पाँच वटा म्यानु फ्याक्चरिङका लागि मेसिन मनाउन २ करोड चाहिएको छ।’

यसअघि उनले आफूसँग आविष्कार केन्द्रका लागि आवश्यक ऋण माग्दा बैंक तथा वित्तीय संस्थाहरुले नपत्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक रुपमै अपिल गरेका थिए।

हाल २० वटा प्रोजेक्ट सञ्‍चालनमा आएका छन्। ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ। त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगर लगायतका सहरमा काम सुरु गरिएको छ।

यता, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारेका छन्। नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक वाइरलेस इन्टरनेट प्रविधि सेवा संचालन गरेर दक्षिण एसियाकै नोबेल पुरस्कार मानिने मेगासेसे पुरस्कार पाएका थिए।

त्‍यसपछि उनले काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा जनस्तर र विदेशी सहायताबाट करिब ८ करोड बजेटमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?