काठमाडौं-कोरियाली गाडि निर्माता कम्पनी कियाले मिड–एसयुभी सेल्टोस गाडी नेपाली बजारमा ल्याएको छ।
नेपालका लागि कियाको अधिकृत बितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजेजले सेल्टोज गाडीलाई नेपाली बजारमा भित्र्याएको हो सन् २०१९ बाट भारतमा आफ्नो प्लान्ट राखेर सेल्टोस गाडी उत्पादन थालेको उक्त गाडीमा भारत स्टेज–६ इन्जिन जडित रहेको कम्पनीले जानकारी दिएको छ।
कन्टिनेन्टलका प्रमुख सुहृदघिमिरेका अनुसार उक्त गाडीमा १० इन्च स्क्रिन, बिओएसई, म्युजिक सिस्टम, एयर प्युरिफायर, डी कट स्टेरिङ, युभी ग्लासलगायका विशेषता रहेको कियाका नेपाल प्रमुख सुहरिद घिमिरेले बताए।
उनले कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर उक्त गाडी उपलब्ध गराउने कम्पनीको योजना रहेको दाबी गरे।
कम्पनीले नेपाल बजारमा ल्याएको उक्त गाडीको मूल्य भने ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाख रुपैयाँसम्म रहेको जनाएको छ।
किया मोटर्सको आधिकारीक विक्रेता कन्टिनेन्टल्स ट्रेडिङले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ।
विश्व प्रख्यात कोरियन गाडी उत्पादक कम्पनीको यो शोरुममा विक्री, सर्भिस, स्पेयर पार्ट लगायतका सबै सेवा पाउन सकिने कम्पनीले जनाएको छ । शोरुमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका छन्।
शोरुममा किया मोटर्सले उत्पादन गरेका विभिन्न भेरियन्टका गाडी पाउने समेत कम्पनीले जनाएको छ। शोरुम सञ्चालनमा ल्याएसँगै कम्पनीले किया सेल्टोसको पनि अनावरण गरेको छ।
किया जाउलाखेलले शोरुम सञ्चालनमा ल्याएसँगै १ लाख ५० हजार सम्मको नगद छुट दिएको समेत जनाएको छ। त्यस्तै किया जाउलाखेलबाट अत्याधुनिक सुबिधा सहितका विद्युतीय गाडीपनि नेपाली बजारमा बिक्री सुरु गरिएको छ । कियाले यस अघि बिक्री गर्दै आएको स्पोर्टेज गाडी नेपाली बजारमा सर्वाधिक रुचाइएको छ ।