पीपीएलः चितवनको लगातार तेस्रो जित, धनगढी ५२ रनले पराजित

पीपीएलः चितवनको लगातार तेस्रो जित, धनगढी ५२ रनले पराजित
+
-

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले हराउँदै अपराजित यात्रा कायम राखेको छ।

टस जितेर ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल खडा गरेको थियो। पुरै २० ओभर खेलेको धनगढी ८ विकेट गुमाएर १ सय २९ रनमा समेटियो।

धनगढीमाथिको जितसँगै ३ खेलमा चितवनले लगातार सफलता प्राप्त गरेको छ। बिहीबारको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनले हराएको चितवनले पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले हराउँदै खेलमा दाबेदारी प्रस्तुत गरेको थियो।

इनिङ्सको ओपनिङमै धनगढीको कमजोर जवाफी ब्याटिङले चितवनलाई सहज तेस्रो जितको ढोका खुल्य । पहिलो ओभरमै सुभेन्दु पाण्डे र श्रीमन्थ विजयरत्ने बिना रन पेवेलियन फर्किए। सन्दीप रजालीले पनि रन नजोडी आउट भए।

चौथो ब्याट्सम्यानको रुपमा क्रिजमा उत्रिएका कप्तान दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत ४९ रन बनाएर आउट भए। १३.२ ओभरमा भुवन कार्कीको बलमा बाबर हायतको हातबाट उनी क्याचआउट भए। ४२ बल खेल्दा उनले २ छक्का र ४ चौका प्रहार गरे।

अमित यादव र सागर ढकालले क्रमशः नटआउट १९ र १ रन जोडे। रोडरिगो थोमस २४, सन्दीप जोरा २१, कमलसिंह ऐरी ९, सौरभ खनाल ३ रन बनाएर आउट भए।

बलिङतर्फ चितवनका भुवन कार्कीले सर्वाधिक ४ ओभरमा २३ खर्चिएर ३ विकेट झारे। सन्नी पटेलले २ विकेट लिए। ४ ओभरमा २५ रन खर्चिए। करण केसीले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए।

रोहन मुस्ताफाले ४ ओभरमा १८ रन दिएर कुनै पनि विकेट लिन सकेनन्। विक्रम सोबले ३ ओभरमा कुनै पनि विकेट नलिई २३ रन खर्चिए। कप्तान पारसले समेत १ ओभरमा १४ रन खर्चिदा विकेट लिन सकेनन्।

यसअघि चितवनका लागि आरिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे। उनले २० बलमा ४ छक्का र २ चौका प्रहार गरे। छैठों नम्बरमा आएका आरिफ र सातौं नम्बरमा ब्याट्सम्यान उत्रिएका सन्नी पटेलले ७२ रनको साझेदारीमा स्कोर बढाएका थिए।

प्लेयर अफ द म्याचको उपाधि शेखले प्राप्त गरेका छन्।

सन्नीले १७ बलमा नटआउट ३२ रनको व्यक्तिगत स्कोर बनाए। उनले ३ छक्का र १ चौका हिर्काए।

ओपनर ब्याट्सम्यान रोहन मुस्ताफाले १६ बलमा ९ रन बनाएर दीपेन्द्र सिंह ऐरीको बलिङमा आउट भए। कप्तान पारस खड्का २३ रन बनाउँदै बाहिरिए। बाबर हायत ३६, हरिशंकर शाह ८ रन, अनिलकुमार साह १९ रन बनाएर आउट भए।

बलिङतर्फ धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान दुई विकेट झारे। अमित यादवले एक विकेट लिए।
चितवनसँग पराजित भएसँगै धनगढी ब्लुज ३ खेलमध्ये २ खेलमा हार बेहोरेको छ।

विराटनगर टाइटन्समाथि धनगढीले ५ रनको जित हात पार्दा काठमाडौं गोल्डेन वािरयर्ससँग १ सय ६ रनले पराजय भोगेको थियो।

पीपीएल अन्तर्गत शनिबार प्रदीप ऐरीको कप्तानी रहेको विराटनगर टाइटन्स र ज्ञानेन्द्र मल्ल कप्तानी रहेको काठमाडौं गोल्डेन वारियर्सबीच हुँदै छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?