होटलको विश्व बजारमा फड्को मार्दै गरेका गजेन्द्र शर्मा

होटलको विश्व बजारमा फड्को मार्दै गरेका गजेन्द्र शर्मा
+
-

‘कुनै पनि कार्यमा जोडिएपछि, त्यसलाई निरन्तरता दिनसक्नु नै सफलता हो’ संवादका क्रममा ४९ वर्षीय गजेन्द्र शर्माले भनेका हुन् ।

विगत १८ वर्षदेखि विदेशीभूमिमा विश्वकै दोश्रो ठूलो कनराड हिल्टन होटल कम्पनीमा कार्यरत शर्माको यो अनुभव सफलताबारे हो।

चीनको डालियान शहरस्थित हिल्टनका दुईवटा होटलमा क्लस्टर जेनरल म्यानेजरका रुपमा शर्माले गएको साढे चारवर्षदेखि जिम्मेवारीवहन गरिरहेका छन्।

होटल र होटलमा काम गर्नेको संभावना

विज्ञान र कमर्स विषयपछि होटल व्यवस्थापन विषयमा आकर्षण बढ्दो रहेको छ। यद्यपि, कक्षा १२ सकेर विदेशीनेको लर्को पनि लामै रहेको छ। शर्मा भन्छन्, ‘विदेशमा होटल व्यवस्थापनको राम्रो शिक्षा लिएर प्रवेश गरे, माथिल्लो ओहदासम्म पुग्ने संभावना रहन्छ।

त्यसैले पनि कम्तिमा स्नातक तहसम्मको अध्ययन सकेर बाहिर जानेबारे सोच्नुपर्ने हुन्छ।’ होटल व्यवस्थापन तथा अतिथि सत्कारका विषयमा मुलुकमा गएको केहीवर्षदेखि विद्यार्थीहरुमा चासो बढिरहेको सन्दर्भमा शर्मा भन्छन्, ‘होटल व्यवस्थापन पढ्ने विद्यार्थीका लागि विश्वबजार खुला रहेको छ। दक्ष जनशक्ति मुलुकमै अभाव भइरहँदा लगन, मेहनतका साथ काम गर्ने दक्ष कर्मचारीको विश्वबजारमा राम्रो माग रहेको छ।’

बन्जारा परिवारको साहिलो सन्तान

उनका बुबा गोविन्द्रप्रसाद बन्जारा विराटनगरस्थित जुट मिलमा सहायक (पियन) का रुपमा कार्यरत रहेका थिए। बन्जारा परिवारमा उनी र श्रीमतीलाई ८ जना छोराछोरी हुर्काउन र पढाउन निक्कै सकस थियो। शर्मा परिवारको साँहिलो छोरा हुन्। उनले विराटनगर दरैयाबस्तीमा अवस्थित श्रीजनता प्राथमिक विद्यालय, रानीस्थित मिल्स माध्यामिक विद्यालयबाट कक्षा १० सम्मको अध्ययन पूरा गरे। गणित विषयमा राम्रो पकड बनाएका शर्मा विराटनगरकै महेन्द्र मोरङ क्याम्पसमा तत्कालीन आइकममा छात्रवृत्तिसहित अध्ययन पूरा गरे।

बन्जारा परिवारको सहिलो सदस्य भएकाले घरपरिवारको जिम्मेवारीसँगै भविष्य खोज्नतर्फ शर्मा अघि बढे। उनी संझन्छन, ‘त्यो समय परिवारकै लागि गाह्रो थियो। घरमा पनि सहयोग गर्नुपर्ने अनि भविष्य पनि खोज्नुपर्ने स्थिति थियो। यसै क्रममा सुनौलो भविष्य खोज्दै २०४६ सालमा पहिलोपटक काठमाडौँ पसे।’

गजेन्द्र शर्मा

२०४६ सालमा काठमाडौँ पसेका उनले तत्कालीन समय बिनोदबहादुर श्रेष्ठ, गजेन्द्र श्रेष्ठको गार्मेन्ट फ्याक्ट्रीमा लेखा हेर्ने गरी काम सुरु गरे। कामकै सिलसिलामा उनीलाई जर्मनी तथा स्वीट्जरल्याण्डका व्यापारीसँग भेट हुन मौका मिल्यो ।

जर्मनी र स्वीट्जरल्याण्डबाट उत्पादन खरिद गर्ने क्रममा दुईजनाले गार्मेन्ट कम्पनीमा भविष्य नभएको र अर्को विकल्प हेर्न शर्मालाई सुझाएको उनी सम्झन्छन्। स्वीस व्यापारीको सुझावमा सहमति जनाउँदै अघि बढेको बताउँदै भन्छन्, ‘यहाँसम्म आइपुग्नुमा उनीहरुको हात त छँदैछ। साथसाथै मेरो लगन, मेहनत र इमान्दारीता पनि उत्तिकै महत्वपूर्ण रहेको छ। विदेशमा काम गर्दा तीनै चीज विशेष हुन्छन्।’

स्वीस यात्रा

उनले श्रीमतीसँग सल्लाह गरे र केही सीमित रकम ऋण लिएर अध्ययनका लागि स्वीट्जरल्याण्डतर्फ लागे। सुरुवाति केहीसमय भाषाका कारण समस्या भएको बताएका शर्माले होमसिक भएर घरफर्कने अवस्था पुगेको उल्लेख गरे।

तथापि उनी पढ्ने कलेजका शिक्षकले नै शर्मालाई घर नफर्कन र अध्ययन पूरा गर्न सुझाव दिए। सोही क्रममा उनलाई नेपालबाट श्रीमतीले नियमीत रुपमा १० दिन भन्दा बढी टेलिफोन गरेको संभिन्छन्। उनी भन्छन्, ‘त्यो समय श्रीमतीको साथ राम्रो पाएँ। उनले पढ्न हौसला दिइरहिन्। बिस्तारै होम सिक कम हुँदै गयो।’

अध्ययन कै क्रममा उनले २०५१ सालमा ज्युरिचस्थित हिल्टन कम्पनीकै होटलमा वेटरको काम पाए। त्यहीँबाट उनको यात्रा बहुचर्चित हिल्टन कम्पनीमा सुरु हुन पुग्यो। त्यसपछि उनले अष्ट्रिया, दुबई हुँदै चीनमा राम्रो पोजिसनमा काम गर्ने अवसर पाए।

भविष्यको योजना

विदेशमा कार्य गरिरहँदा नेपालबारे विदेशीहरु निक्कै सकारात्मक पाएको बताएका शर्माले केही वर्षपछि होटल क्षेत्रमा बिताएको लामो समय र सीप तथा दक्षतालाई मुलुकमै उपयोग गर्ने बताँउछन्। हाल उनले भान्जा सञ्जय शर्मालाई दरैयाबस्तीमै रहेको आफ्नै १६ कठ्ठा क्षेत्रमा फर्म सञ्चालन गराइरहेका छन्। उनी भन्छन्, ‘भोलिका दिनमा नेपालमै आएर काम गर्ने पक्का हो। होटलमै त्यो पनि। त्यसबाहेक फर्मलाई पनि थप फराकिलो बनाउने योजनामा छु।’

लामो समय दुबईस्थित हिल्टन होटलमा कार्य गरेका शर्मा पछिल्लो साढे चारवर्षदेखि चीनमा व्यस्त छन्।

होटल र पर्यटन

होटल व्यवसाय र पर्यटन एक–आपसमा नङ–मासु सरह रहेको उनी बताउँछन्। मुलुकले भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा नेपालको प्राकृतिक सौन्दर्य हेर्न पर्यटक आउने उनको भनाई छ।

‘यहाँ पर्यटक मनमोहक दृष्य हेर्न मनपराउँछन्। नेपालीहरुप्रति निक्कै सकारात्मक छन्। उनीहरु नेपाली संस्कृति र आतिथ्यतामा समेत विशेष रुची राख्दछन् ।’, शर्माले भने । पर्यटकका लागि होटल भनेर मात्र नहुने बताएका शर्माले होटलका मापदण्डले समेत पर्यटकलाई आकर्षण गर्ने बताए । भ्रमण वर्ष मनाउने क्रममा चीनबाट मात्र पर्यटक भित्राउन सकेको खण्डमा समेत मुलुकको आर्थिक अवस्थामा टेवा पुग्ने उनले बताए ।

कनराड हिल्टन होटल कम्पनी

मेक्सिकोमा जन्मिएका कनराड नेलशन हिल्टनले सन् १९१९ मा अमेरिकाको टेक्सासबाट होटल व्यवसायको सुरुवात गरेका थिए। हालसम्म विश्वका विभिन्न राष्ट्रमा कनराडले ३७ र हिल्टनले ६ सय ५० बढी होटल सञ्चालनमा ल्याएको छ। जसमा १६ ब्राण्ड पर्दछन्। विश्वमा अमेरिकाको म्यारियट होटल कम्पनी पहिलो स्थानमा रहेको छ। त्यसपछि बेलायतको इन्टरकन्टिनेन्टल ग्रुप तेश्रो स्थानमा रहेको छ।

नेपालमा भने हालसम्म काठमाडौँ, पोखरा, लुम्बिनीमा पाँच तारे होटल ९ वटा रहेको छ। त्यसैगरि, विराटनगरमा पर्यटकस्तरीयका दुईवटा होटल मात्र रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?