मूल्य नपाउँदा किसान चिन्तित

मूल्य नपाउँदा किसान चिन्तित
+
-

गाईघाट– यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन्।

ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ ।

‘उत्पादनमा वृद्धि भएपनि मूल्य पाउन सकेको छैन,’ उनले भने। स्थानीय बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकिलो रु ५० देखि रु ७० रहेको छ । मूल्य दिनानुदिन घट्दै गएको छ।

अहिले बाहिरबाट आयातीत सुन्तला सस्तो भएका कारण आफूहरुले उत्पादन गरेको सुन्तला रु ४० प्रतिकिलोका दरले बिक्री गर्नुपरेको ताप्ली गाउँपालिका-७ ओख्लेका कृष्णबहादुर ठकुरी बताउँछन्।

सुन्तला बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्ने ठकुरीले यस वर्ष मूल्य घट्दा यस वर्ष घाटा लाग्ने अवस्था रहेको बताउनुभयो । मूल्य तोक्ने निकाय नहुँदा र बाहिरबाट सस्तोमा आयातीत सुन्तला भित्रन थालेपछि किसान सस्तोमा बिक्री गर्न बाध्य छन् ।

शुरुमा सय रुपैयाँ किलो हुँदै असी रुपैयाँ किलोसम्म मूल्य रहेको भए तापनि अहिले सुन्तलाको मूल्य रु ५० पुगेको छ । अझै मूल्य घटेमा आफूहरुले सुन्तला नै बिक्री गर्न नसक्ने सुनकोशी गाउँपालिका ठानागाउँका कर्णबहादुर खत्री बताउँछन्।

पहिला–पहिला स्थानीय क्षेत्रमा उत्पादित सुन्तलाको बजार राम्रो थियो र उचित मूल्य पाउने गरेको थियो । अहिले बाहिरबाट सस्तो सुन्तला आयत हुन थालेपछि स्थानीय सुन्तलाले मूल्य पाउन नसकेको हो।

विगतका वर्षमा जिल्लाका केही किसानले सुन्तला बिक्रीबाट रु आठ लाखसम्म आम्दानी गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा धनकुट्टे र स्थानीय प्रजातिका सुन्तला उत्पादन हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?