ठमेलमा इन्टरनेट काटिँदा पाँच करोडको क्षति, वायरलेसमार्फत जोड्ने प्रयास

ठमेलमा इन्टरनेट काटिँदा पाँच करोडको क्षति, वायरलेसमार्फत जोड्ने प्रयास
+
-

काठमाडौं- नेपालकै मुख्‍य पर्यटकीय क्षेत्र मानिने ठमेलमा एक हप्तादेखि इन्टरनेट काटिँदा पाँच करोडको क्षति भएको छ।

गत आइतबार पर्यटन विकास समितिले बिना जानकारी ठमेलमा जथाभावी इन्टरनेटको तार काट्दा इन्टरनेट सेवा अवरुद्ध भइ उक्त क्षति भएको इन्टरनेट सेवा प्रदायक संघ( आइएसपान)का अध्‍यक्ष भोजराज भट्टले जानकारी दिए।

उनले भने, ‘भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई प्रवर्द्धन गर्ने नाममा बिना जानकारी जथाभावी इन्टरनेट काटियो। यसले ठमेल एरियाको मात्रै नभइ इन्टर सेवा प्रदायकहरुको धेरै ठूलो क्षति भएको छ। हामीलाई करीब पाँच करोडको घाटा भएको छ। अब यो कस्ले व्‍यहोर्ने ?’

उनले सरकारसँग आइतबार ठमेल क्षेत्रमा अप्टिकल फाइबरको तार काटिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच छलफल भइरहेको जानकारी दिए।

तार काटेपछि अवरुद्ध इन्टरनेट सेवालाई तत्काल पुनः सुचारु गर्न नसकिने भन्‍दै अध्यक्ष भट्टले यसकव लागि वायरलेस मार्फत इन्टरनेट जोड्ने प्रयास गरिरहेको बताए। उनले भने, ‘ नेपालमा लगानी र पुर्वाधार संरचना सुनिश्चित नै छैन। अब तत्काल सेवा सुचारु हुँदैन। हामीले कसरी रिस्क लिने?’

उनले तार काटिँदा इन्टरनेट सेवाको उपकरणमा समेत क्षति भएको हुँदा कतिपाय उपकरण स्वदेशमा बन्‍न नसक्ने र त्यसको क्षतिपूर्तिको लागि पनि मन्त्रालय समक्ष कुरा राख्‍ने बताए। उनले भने, ‘ हामी इन्टरनेटको हर एक उपकरण बाहिरबाट ल्याउँछौ। तर कतिपय उपकरण यहाँ मर्मत नहुने स्थितिछ। अब की मन्त्रालयले जिम्‍मेवारी लिनु पर्‍यो की त क्षतिपूर्ति दिनु पर्‍यो।’  उनले पर्यटन विकास समितिविरुद्ध प्रहरीमा जाहेरी र मुद्दा दर्ता समेत गरिने बताए।

यता, दूरसञ्चार प्राधिकरणले सार्वजनकि सूचना नै जारी गरेर ठमेल क्षेत्रमा तार काटिदा पुग्न गएको क्षतिप्रति गम्भीर आपत्ति जनाएको छ।

यस्तै प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ मा अत्यावश्यक सेवा दूरसञ्चारको लाइन, प्रणाली वा संरचनामा नोक्सानी पुर्‍याएको अवस्थामा जरिवाना तथा पाँच वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?