पीपीएल क्रिकेट: धनगढीलाई हराउँदै बुटवल प्ले अफमा

पीपीएल क्रिकेट: धनगढीलाई हराउँदै बुटवल प्ले अफमा
+
-

पोखरा– नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजमाथि ७ विकेटको जित हात पारेसँगै बुटवल ब्लास्टर्सले प्लेअफमा स्थान बनाएकाे छ।

टस हारेर ब्याटिङ गरेको धनगढीले १९ ओभरमा ५ बलमा सबै विकेट गुमाएर १ सय ४० रनको योगफल खडा गरेको थियो।

१४१ रनकाे लक्ष्य पछ्याएको बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्न सफल भयो। ४ खेल खेलेको बुटवलले ३ खेलमा जित हात पार्दै प्लेअफमा स्थान बनाएको हो।

बुटवलका लागि ओपनर ब्याट्सम्यान अफ्ताबउद्दिन अहमदले अर्धसकतीय पारी खेले। उनले २३ बलमा ७ छक्का र १ चौकाको सहयोगमा ५२ रन बनाएर आउट भए। उनलाई दीपक पुनियाले विकेटकिपर सुबेन्दु पाण्डेको हातबाट क्याचआउट गराए।

शंकर रानासँग अफ्ताबउद्दिनले ५३ रनको साझेदारीमा ओपनिङ इनिङ्स उकासेका थिए। शंकर व्यक्तिगत २५ रन बनाएर आउट भए।

हर्ष टंकले २१ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ४० रन बनाए। उनी ९‍.३ ओभरमा अनिल खरेलको बलमा दीपक पुनियाको हातबाट क्याचआउट भए। शिवम् सिंह र भीम सार्की क्रमशः १५ र ७ रनमा अविजित रहे।

बलिङतर्फ धनगढीका अनिल खरेल २ र दीपक पुनियाले १ विकेट लिए।

यसअघि धनगढीले कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारीमा सर्वाधिक ६१ रनको सहयोगमा १ सय ४० रनको योगफल बनाएको थियो। तेस्रो ब्याट्सम्यानको रुपमा क्रिजमा उत्रिएका दीपेन्द्रले ४५ बलको सामना गर्दा २ छक्का र ६ चौका प्रहार गरे। उनी १७‍.३ ओभरमा अविनाश बोहराको बलमा शंकर रानाको हातबाट क्याचआउट भए।

सन्दिप जोरा आउट हुनुअघि दीपेन्द्रसँग ८७ रनको साझेदारीमा धनगढीका लागि स्कोर बढाएका थिए। सन्दिपले ३९ बलमा व्यक्तिगत ३२ रन बनाएर रनआउट हुन पुगे। सौरभ खनाल १० रनमा आउट भए। धनगढीका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन लिन सकेनन्।

बलिङतर्फ बुटवलका अविनाश बोहराले ३.५ ओभरमा २६ रन खर्चिदै ४ विकेट लिए। ललितसिंह भण्डारीले ३ विकेट झारे। उनले ४ ओभरमा १९ रन खर्चिए। सोमपाल कामीले २७ रन खर्चिदा १ विकेट झारे। नितेश थापा र हर्ष टंकले ४/४ ओभर बलिङ गरेर क्रमशः ३७ र २७ रन खर्चिएपनि विकेट लिन सकेनन्।

४ खेलमध्ये धनगढीले १ खेल मात्रै जितेको छ। ४ खेल जितेर अंक तालिकामा शीर्ष स्थान ओगटेको चितवन राइनोज आइतबारको खेलमा विराटनगरलाई १८ रनले हराउँदै प्लेअफमा पुगिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?