ठमेलमा इन्टरनेटको तार काट्नेविरुद्ध अपराध महाशाखामा उजुरी

ठमेलमा इन्टरनेटको तार काट्नेविरुद्ध अपराध महाशाखामा उजुरी
+
-

काठमाडौं- ठमेलमा बिना जानकारी इन्टरनेटको तार काट्‍नेविरुद्ध इन्टरनेट सेवा प्रदायक संघ (आइएससपान)ले महानगरी प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेको छ।

आइएसपानका अध्यक्ष भोजराज भट्टका अनुसार पर्यटकीय नगरी ठमेलमा बिना जानकारी नै इन्टेरनेटको तार र अप्टिकल फाइबरको तार काट्‍ने पर्यटन विकास समितिविरुद्ध दूर सञ्‍चार प्राधिकरण ऐन दूरसञ्‍चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ अनुसार उजुरी दर्ता गरेको हो।

भट्टले देश सञ्‍चारसँग कुरा गर्दै भने, ‘इन्टरनेट सेवा प्रदायकहरुलाई एक वचन पनि नसोधी अथवा दूरसञ्‍चार प्राधिकरणलाई समेत कुनै जानकारी नै दिइकन तार काट्नु गैर जिम्‍मेवारी हो। यसैको लागि हामी प्रहरीमा उजूरी दिएका हौ।’

उनले समिति विरुद्ध भोली सोमबार पनि अपराध महाशाखा र मन्त्रालयसँगको छलफलपछि उजुरी दिएको बताउँदै इन्टरनेटमा चरम लापरबाही हुँदै गएकाले उजुरी गरेको बताए। उनले भने, ‘आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव स्तरीय छलफल गर्‍यो। त्‍यसपछि आइएसपानको हाम्रो टोली टेकु पुगेर उजुरी दर्ता गरेको हो।’

उनका अनुसार दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ मा अत्यावश्यक सेवा दूरसञ्चारको लाइन, प्रणाली वा संरचनामा नोक्सानी पुर्‍याएको अवस्थामा जरिवाना तथा पाँच वर्षसम्मको कैद सजायको व्यवस्था रहेको छ। सोही प्रावधानको आधारमा टेकेर उजुरी दिएको बताउँदै भने, ‘अब सोमबार पनि छलफल गर्छौ र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा छौ।’

गत आइतबारदेखि पर्यटकीय क्षेत्र ठमेलको इन्टरनेट सेवा पूरै ठप्प छ। भिजिट नेपाल २०२० को तयारीका क्रममा पोलमा झुण्ड्याइएका तार आफुखुसी हटाउने क्रममा अप्टिकल फाइबर समेत काटिएको थियो। त्यसैको परिणामस्वरुप उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द भएको हो।

ठमेल पर्यटन विकास समितिको लापरबाहीपुर्ण कार्यबाट नेपाल टेलिकम, वर्ल्डलिङ्क, भायनेट लगायतका मूख्य इन्टरनेट सेवा प्रदायकले दिइरहेको सेवा अवरुद्ध भएको भनिएता पनि त्यसको आधिकारिक जानकारी नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग समेत छैन्। त्यसैले अनुसन्धानका लागि एफआईआर दर्ता गरिएको अध्यक्ष भट्टले बताए।

भट्टका अनुसार बिना जानकारी तार काट्दा झन्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैले क्षतिपुर्तिको सुनिश्चितता नहुँदासम्म उक्त क्षेत्रमा आफुहरु सेवा पुनः सुचारु गर्न असमर्थ रहेको उनको भनाई छ।

यता, दूर सञ्‍चार प्राधिकरणले समेत इन्टरनेट सेवा अवरुद्ध हुन पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको सार्वजनकि सूचना जारी गरेको छ।

यो पनि पढ्नुहोस्

ठमेलमा इन्टरनेट काटिँदा पाँच करोडको क्षति, वायरलेसमार्फत जोड्ने प्रयास

ठमेलमा इन्टरनेट काटिँदा पाँच करोडको क्षति, वायरलेसमार्फत जोड्ने प्रयास

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?