आइएफआरसीका नवनियुक्त महासचिव जगन चापागाईँसँगको कुराकानी

मनले रोजेको पेशामै शिखरको यात्रा

+
-

मनले रोजेको पेशामा छटपटी हुँदै हुँदैन । लामो यात्रा तय गर्दा पनि ताजै लाग्छ । तर मन बसेको छैन भने छोटो अवधिको संलग्नता पनि पट्यार लाग्दो बन्छ ।

जगन चापागाईँलाई विगत २७ वर्षदेखि रेड क्रस तथा रेड क्रेसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) मा रहेर काम गर्दै आएका छन् । तर उनलाई यति लामो यात्रा पनि भर्खरै सुरु गरेको जस्तो लाग्छ ।

उनको विगत यस्तो पनि छ, केही महिनाको काम गराईमै मन बस्न सकेको थिएन । माइनिङ्ग इन्जिनियरिङ्ग गरेका जगनले रेड क्रममा जोडिनु पूर्व केही महिना इन्जिनियरका रुपमा काम गरेका थिए । तर मनमा भने ‘म यो पेसाका लागि होइन कि’ जस्तो लागिरहन्थ्यो । भारतमा इन्जिनियरिङ्ग गरेका उनी त्यहिँ काम गर्न थालेका थिए ।

चितवनको दिव्यनगरका उनी घर फर्किएका बेला रेडक्रसले नेपाल प्रवेश गरेका भुटानी शरणार्थीको सहायता र सहयोगका क्षेत्रमा काम गर्नका लागि कर्मचारी मागेको थियो ।

इन्जिनियरिङ्गमा अति राम्रो अंक ल्याएर पास गरी सोही क्षेत्रमा काम गरिरहेका उनले मनको कुरा सुने र रेडक्रसमा आवेदन दिए । उनी छानिए र शरणार्थीसँग काम गर्नका लागि झापा लागे सन् १९९२ मा । त्यसयता उनी विभिन्न पदमा रहेर काम गर्दै आएका छन् ।

आइएफआरसीले हालै उनलाई संस्थाको महासचिवमा नियुक्त गर्ने निर्णय गर्‍यो । उनले आउँदो फेब्रअरीदेखि आइएफआरसीको महासचिवका रुपमा जिम्मेवारी सम्हाल्दै छन् । अर्थात नेपालका जगन अब विश्वका १९२ देशमा काम गर्दै आएको आइएफआरसीको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै छन् । यो जिम्मेवारी प्राप्त गर्ने उनी नेपालका मात्रै नभएर एसियाकै पहिलो व्यक्ति हुन् ।

माध्यामिक तहको अध्ययनका बेला स्वयम सेवकका रुपमा रेडक्रसमा जोडिँदा नै उनलाई मानवीय सेवा तथा सहायताको क्षेत्रमा काम गर्न रमाइलो लागेको थियो ।

बिचमा अध्ययनका कारण केही वर्ष मानवीय सहायताको कर्मबाट केही ओझेल परेका जगनले इन्जिनियरिङ्गको अध्ययन पूरा गरेर त्यस अनुसारकै काम गर्दा नपाएको आत्मसन्तुष्टि प्राप्तिको मार्ग समाते शरणार्थीसँगको सेवाबाट ।

नयाँ जिम्मेवारी सम्हाल्नुअघि मातृभूमि आएका जगनले आमाको आर्शिवाद लिएर फर्किने बताए । ७८ वर्षकी आमा गौरीदेवीबाट आर्शिवाद लिएर स्वीट्जरल्याण्डको जेनेभा फर्किने तयारीमा रहेका जगनले आफ्नो मुख्य ध्यान असजिलोमा परेकाहरुलाई गर्ने सहायता वा सहयोग ‘दया’ पात्रका रुपमा नभइ आत्मसम्मान बलियो बनाउने माध्यमका रुपमा थप स्थापित गर्नेमा रहने बताएका छन् ।

प्रस्तुत छ आइएफआरसीका नवनियुक्त महासचिव जगन चापागाईँसँग देश सञ्चारले गरेको विशेष कुराकानीः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?