यस्तो देखियो सूर्यग्रहण

यस्तो देखियो सूर्यग्रहण
+
-

काठमाडौँ – पौष कृष्ण औँसीका दिन बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ः४२ मा स्पर्श गरेको ग्रहण बिहान १०ः०१ बजे मध्य एकको हो। ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।

यो सूर्य ग्रहण आउँदो एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा सबैभन्दा लामो समय देखिने छ । यस आधारमा बिहीबारको सूर्य ग्रहणलाई यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनिएको छ । यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रकाट यो ग्रहण देख्न सकिने छ ।
समाचार संस्था एएफपीका लागि यी आङ तुले खिचेको तस्बिरमा सूर्यग्रहण स्पष्ट देखिएको छ ।

सूर्य ग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिने भएकाले विशेष रहेको छ । तुले खिचेको तस्बिरमा पनि रिङ्ग अफ फायर देखिएको छ ।

यसपछि सन् २०२० को जुन २१ मा सूर्य ग्रहण लाग्ने छ । सन् २०१९ मा यसअघि दुई पटक सूर्य ग्रहण लागेको थियो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?