भारतीय भाडाका गाडीलाई पोखरामा अंकुश

भारतीय भाडाका गाडीलाई पोखरामा अंकुश
+
-

पोखरा – नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्व सन्ध्यामा जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय सवारीलाई पोखरामा चल्न रोक लगाएको छ ।

भारतीय पर्यटकलाई पोखरा घुम्नका लागि स्थानीय सवारी साधन प्रयोग अनिवार्य बनाउन पोखरा पर्यटन परिषद्को आग्रहमा यस्तो कदम चालिएको प्रशानसले बताएको छ ।

पोखरा भित्रिने पर्यटकमध्ये हालसम्मको तथ्यांक हेर्दा ४० प्रतिशत भारतीय छन् । सडकमार्ग हुँदै भित्रिनेको संख्या त्यो भन्दा बेसी छ ।
पर्यटन परिषद्ले भारतीय सवारीलाई आफ्ना सवारी सम्बन्धित होटलको पार्किङमा पार्क गरी स्थानीय सवारी प्रयोग गर्न सूचनासहितको स्टिकर होटल, रेष्टुरेन्टहरुमा टाँसेर जानकारी दिएको छ ।

भारतीय भाडाका गाडीलाई मात्र पोखरामा सञ्चालनमा रोक लगाउन सूचना जारी गरिएको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
‘निजी सवारीलाई रोक लगाउन भनिएको छैन, भाडाका सवारीलाई मात्र हो,’ उनले भने, ‘उतैबाट ल्याइएका भाडाका गाडीलाई रोक लगाउँदा पोखराको साइट सिन लगायतका गतिविधिमा स्थानीय व्यवसायीलाई मौका हुन्छ भन्ने हाम्रो बुझाई हो ।’

स्थानीय सवारीले भारतीय पर्यटकलाई चाहिएको ठाउँमा पुर्‍याउन सक्ने भएकाले पनि स्थानीय व्यवसायीले अवसर पाउनुपर्ने उनको तर्क छ । ‘भारतीय सवारीमा आउने एकाध गन्तव्य मात्रै पुग्ने परिपाटी थियो । अब स्थानीय व्यवसायीले व्यवसाय पनि पाउने र भारतीय पर्यटकले पर्याप्त गन्तव्यमा पुग्नपनि पाउनेछन्’ उनले भने ।

सवारीसहित पोखरा भित्रिने भारतीय पर्यटकका कारण पार्किङमा समस्या निम्तिएको कास्कीका सिडओ रमेशकुमार केसीले बताए । ‘रुट थाहा पाएका हुँदैनन्, पार्किङबारे जानकारी पनि लिदैँनन्’ उनले भने, ‘ठूला सवारी दृश्यवलोकनका काम निकाल्दा ट्राफिक व्यवस्थापनमा पनि उत्तिकै समस्या भइरहेको छ ।’

भारतीय भाडाका गाडीलाई पोखरा बाहिरिने र भित्रिने काममा बाहेकमा गतिविधिमा रोक लगाउन प्रशासनले ट्राफिकलाई निर्देशन दिएको छ ।

भारतीय सवारी व्यवस्थापनको विषयमा पर्यटन परिषद्ले विभिन्न निकायलाई ध्यानाकर्षण गराउँदै आएको थियो । गत भदौ ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाईसमेत परिषद्ले लिखित ध्यानाकर्षण गराएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?