पोखरा प्रिमियर लिग

बेस्ट ब्याट्सम्यान ज्ञानेन्द्र, मोस्ट इमर्जिङ प्लेयर अनिल

बेस्ट ब्याट्सम्यान ज्ञानेन्द्र, मोस्ट इमर्जिङ प्लेयर अनिल
+
-

पोखरा – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ‘पीपीएल’ टि–२० क्रिकेटको बेस्ट ब्याट्सम्यानको उपाधि काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले प्राप्त गरेका छन् । लिग चरणमा धनगढी विरुद्धको खेलमा ३८ बलमा ९ छक्का र ८ चौका प्रहार गर्दै सतक प्रहार गरेका थिए ।

म्यान अफ द सिरिजको उपाधि चितवन राइनोजका रोहन मुस्ताफाले हात पारेका छन् । विराटनगरविरुद्धको फाइनल खेलमा रोहनले अर्धसतक प्रहार गरे । पिपिएलमा चितवनले खेलेका ६ खेलमध्ये काठमाडौं विरुद्धको खेलमा उनले अविजित ५९ रनको योगदान गर्दै जित दिलाएका थिए ।

बुटवल ब्लास्टर्सविरुद्धको खेलमा पनि अविजित ७० रन जोड्दै चितवनले जित हात पारेको थियो । दोस्रो संस्करणको पिपिएलमा उनको नाममा ९ विकेट रह्यो । फाइनल सहित ३ खेलमा म्यान अफ द म्याचको उपाधि उनले प्राप्त गरे ।

बेस्ट बलरको उपाधि पनि चितवनका खेलाडी करण केसीले हात पारे । पिपिएलका ६ खेलमा करणको नाममा १४ विकेट छ । विराटनगर विरुद्धको फाइनल खेलमा उनी एक्लैले ३ विकेट लिए । बेस्ट ब्याट्सम्यान, म्यान अफ द सिरिज र बेस्ट बलर उपाधि जित्ने खेलाडी तिनै जनालाई टिभिएस आटिआर मोटरसाइकल प्रदान गरिएको छ ।

मोस्ट भ्यालुयबल प्लेयर विराटनगरका लोकेश बम चुनिए । उनले लिग चरणकै चितवन विरुद्धको खेलमा ३६ बलमा ५ छक्का र ५ चौकाको सहायतामा ६२ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरेका थिए । उक्त उपाधि बापत उनलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ ।

मोस्ट इमर्जिङ प्लेयरको उपाधि सहित ५० हजार नगद धनगढी ब्लुजका अनिल खरेलले हात पारे । धनगढीले खेलेको पाँच वटा खेलमा उनले बलिङको अवसर पाए । यी खेलमा उनको नाममा ८ विकेट छ ।

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ‘पीपीएल’ टि–२० क्रिकेटको शनिबार अन्तिम खेल भएको थियो। ‘पीपीएल’ टि–२० क्रिकेटको उपाधि चितवन राइनोजले हात पारेको थियो। विराटनगर टाइटन्सलाई फाइनल खेलमा ३२ रनले हराउँदै चितवनले उपाधिसँग २७ लाख रुपैयाँ नगद जितेको छ। उपविजेता विराटनगरले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?