
धनगढी-खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको सुदूरपश्चिम स्पोर्ट अवार्डको पहिलो विधामा धनगढी ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटर कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
अवार्ड अन्तरगत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका खड्ग वोहोरा र भारात्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा व्याटमिन्टनका दाहाल उत्कृट खेलाडी घोषित भएका हुन्।
उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए भने उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाड बनेका थिए।
वर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविता कुँवरले भने गत जनवरीमा थाइल्याण्डमा भएको टि–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिन सफल भएकी थिईन्।
उनले नेपालका लागि ११ टी–२० अन्तराष्ट्रिय खेलममा ९ विकेट आफ्नो नामाम पारेकी छिन् । प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पु¥याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पीयन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ बनेकी थिईन् ।
यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडी भारात्तोलनका सागर भण्डारी भएका छन्। सुदुरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ बर्षपछि स्वर्ण पदक जिताउने खेलाडी रहेका उनी वर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भएका हुन्।
वर्षको उत्कृष्ट प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम भएका छन् । उनले कोरियामा भएको एसियन सिनियर कप भारात्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कास्य पदक जिताउन सफल भएका थिए।
यस्तै स्पेशल अवार्ड कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ। आफ्नो तीन वर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो।
विधा अन्तरगत लाईफ टाईम एचिभमेन्ट अवार्ड सुदूरपश्चिमको खेल जगतका हस्ती श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ। उनलाई क्रिकेट र फुटवलमा लामो समय सम्म योगदान दिए बापत लाईफ लाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।
अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी सहित प्रदान गरिएको छ।अवार्डका संयोजक प्रदिप पाठकले चार विधाका खेलाडीलाई नगद २५ हजार र लाईफ टाईम र स्पेशस अवार्ड विजेतालाई १० हजार नगद सहित सम्मान गरिएको बताए।