नेपाल टेलिकमको आग्रह

‘नयाँ मोबाइल किन्दा प्राविधिक विवरण हेर्नुस्,नत्र फोरजी चल्दैन’

‘नयाँ मोबाइल किन्दा प्राविधिक विवरण हेर्नुस्,नत्र फोरजी चल्दैन’
+
-

काठमाडौं-नेपाल टेलिकमले आफूले दिइरहेको फोजजी सेवाको अधिकतम लाभ उठाउन कम्तिमा ८०० मेगाहर्ज ब्‍याण्डको मोबाइल सेट प्रयोग गर्न आग्रह गरेको छ।

मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा द्रूत गतिको फोरजी सेवा प्रदान गर्दै आएको तर उपयुक्त व्याण्ड चल्ने मोबाइल सेट प्रयोग नगर्दा समस्या आएको भन्दै टेलिकमले प्रविधि विवरण हेरेर मात्र मोबाइल किन्‍न आग्रह गरेको हो।

बिहीबार नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ। ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ। तर दुवै ब्यान्डमा चल्ने मोबाइल सेट नै प्रयोग भइरहेको छैन। त्यसकारण फोरजीमा समस्या आइरहेको छ।’

उनले हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको बताइन्। उनले भनिन्, ‘ फोरजीको अधिकतम उपादेयताको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ।’

कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको उनले जानकारी दिइन्। फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक रहेको उनको भनाई छ।

उनी यसबारे जनचेतना जगाउनु पर्ने बताउँदै भन्छिन्, ‘नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण (क्उभअषष्अबतष्यल) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ। त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ। ‘

यता, टेलिकमले निकट भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको उनको भनाई छ। फोरजी उपलब्धता सँगै ग्राहकले फोरजी सेवालाई अझै बढी सहजताका साथ अझ तीब्र गति र गुणस्तरमा सेवा प्राप्त गर्न सक्नने उनको दाबी छ।

हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ । यस सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?