सिमकोट – हिमाली जिल्ला हुम्लामा हिमपात भैरहेकोले आन्तरिक रुपमा सञ्चालन हुँदै आएका गाडीहरु नचलाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ ।
कच्ची सडकहरु चिप्लो हुने भएको कारण हुन सक्ने संभावित सडक दुर्घटनाबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालयले यस्तो उर्दी जारी गरेको हो ।
हिमपात भैरहेकोले सडक चिप्लो हुँनुका साथै हिँउ पनि जमि रहेको कारण गाडी नचलाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आफ्नो फेसबुक वालमार्फत सबै गाडी धनीहरुलाई अनुरोध गरेको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































