
अ
+
अ
अ
-
काठमाडौँ – उखुको भुक्तानी माग्दै राजधानीमा आन्दोलनरत किसानहरु धमाधम बिरामी पर्न थालेका छन् । बिरामी परे पनि उनीहरुले धर्ना लगायत आन्दोलनका कार्यक्रम छाडेका छैनन् ।
तीनजना किसान बिरामी भएपछि घर फर्केका छन् भने केही औषधिसहित धर्नामा बसेका छन् । सरकारले उखु किसानको भुक्तानीका लागि उद्योगसँग समन्यव भइरहेको बताइरहेको छ ।
तर किसानहरु भने विगत २ देखि ६ वर्षदेखिको उखुको भुक्तानी नपाएसम्म आन्दोलन नत्याग्ने बताइरहेका छन् । शुक्रबार काठमाडौँमा हिउँदे झरीकाबीच पनि किसानहरुले आफ्नो धर्नालाई निरन्तरता दिएका छन् ।
कठ्याङग्रीने जाडोमा उनीहरु आगो बालेर सडकमै बसेका छन् । किसानहरु बिरामी परेपछि डा. जेबी यादवसहितको टाेलीले धर्नास्थलमै पुगेर चेकजाँच गरेको छ । चिसोका कारण किसानहरु बिरामी परेको डा. यादवले बताए ।
तस्बिरहरु-पूर्णिमा विक/देश सञ्चार