गेटा मेडिकल कलेज: भौतिक संरचना निर्माण अन्तिम चरणमा, मोडालिटीबारे अझै अन्यौल

गेटा मेडिकल कलेज: भौतिक संरचना निर्माण अन्तिम चरणमा, मोडालिटीबारे अझै अन्यौल
+
-

धनगढी– सुदूरपश्चिमको एक मात्र निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माणकार्य अन्तिम चरणमा छ। तर मोडालिटीको विषय भने अझै अन्यौल नै छ।

भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेसँगै एक दशकदेखि बहुप्रतिक्षा गरिएको सुदूरपश्चिमको यो प्रस्तावित मेडिकल कलेज सञ्चालनका लागि कानुनी आधार बनाउन प्रदेश सरकारले समेत तयारी थालेको छ।

शैक्षिक तथा अस्पतालसहित प्रमुख संरचना यसै वर्षभित्र निर्माण पूरा हुने अवस्थामा रहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनियर पवन रावलले बताए। रावलका अनुसार परियोजनाको १० देखि १५ प्रतिशत काम मात्रै बाँकी छ। कलेज भवनको भने हस्तान्तरणको अन्तिम तयारी हुँदैछ।

कलेजका लागि आवश्यक पर्ने शैक्षिक भवन, अस्पताल, छात्रावाससहित साना ठूलागरी २७ भन्दा बढी भौतिक संरचना निर्माणको अन्तिम चरणमा छन्। अहिले भवनको भित्री भागमा ‘फिनिसिङ’, झ्याल, ढोका लगाउने र छेउछाउमा ट्रेन्च बनाउने काम भइरहेको छ।

गेटा मेडिकल कलेजका लागि हालसम्म साढे तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ। यो वर्ष मात्रै सरकारले १ अर्व २५ करोड बजेट विनियोजन गरेको छ। गुरुयोजना अनुसारको पूर्वाधार तयार गर्दा ७ अर्व हाराहारीमा खर्च लाग्ने रावलको भनाइ छ।

उक्त रकम पूर्वाधारसँगै अस्पतालका उपकरण लगायत सेवामूलक सामग्री समेत खरिदमा खर्च हुनेछ। निर्माण सम्पन्न गरेर आर्थिक वर्ष २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य छ।

तीन सय शय्याका गरी दुई वटा अस्पताल, मुख्य प्रशासनिक भवन, कर्मचारी र चिकित्सक आवास, दुई वटा होस्टेलको निर्माण भइरहेको छ। कतिपय संरचनाको सम्झौता यो वर्ष सकिने र केही संरचना निर्माणका लागि अर्को आर्थिक वर्षसम्म सम्झौता अवधि रहेको समितिले जनाएको छ।

जसमध्ये प्रशासनिक भवनको निर्माण समयमा सक्न कठीन हुने देखिएको आयोजनाले जनाएको छ। दश वर्षअघि नै कलेज संचालन गर्ने योजना अगाडि सारिए पनि लामो समयसम्म तोकिएको क्षेत्रका रुख कटानमा वन कार्यालयले अवरोध गरेपछि ढिलाइ भएको थियो। अहिले पनि केही मुक्त कमैया बस्दै आएको जग्गाको भोगाधिकार अझै कलेजको नाममा आइसकेको छैन्।

पूर्वाधार अन्तिम चरणमा पुगे पनि कलेजका सम्पूर्ण निर्माण सक्ने गुरुयोजना अनुसार लक्ष्य आर्थिक वर्ष २०८०/०८१ सम्म रहेको छ। पहिलो चरणमा कलेजका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार बनाएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र विस्तारै सेवा सुविधा थप्दै जाने सरकारको तयारी छ। नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरेको थियो।

गेटामा निर्माणाधिन मेडिकल कलेजलाई कलेजका रुपमा नभई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाइनु पर्ने यस क्षेत्रका सरोकारवालाहरुको माग रहँदै आएको छ। मेडिकल कलेजको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएकाहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने सुझाव दिँदै आएका छन्। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताए।

‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाईने मापदण्ड रहेको छ’, उनले भने, ‘अन्य विश्वविद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पतालसँगै सुरु गर्न सकिने र आफैमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुनेछ।’

गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आधारभूत भौतिक संरचना तयार भइसकेको बताउँदै उनले अहिलेसम्म कुन प्रारुपमा सञ्चालन हुने भन्ने विषयमा समेत टुङगो नलाग्दा तयार भएका भवन पनि प्रयोगविहीन बन्ने सम्भावना बढ्दै गएको बताए।

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक हेमराज पुजाराले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानका आ–आफ्नै विशेषता भएकाले सो बारेमा अध्ययन गर्दै अगाडी बढ्नुपर्ने बताए।

‘मेडिकल कलेज भए परनिर्भर हुनपर्ने देखिएको छ’, उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कुनै पनि निर्णय गर्न कसैको भर पर्नुपर्ने अवस्था हुँदैन।’

उनले सुदूरपश्चिम विश्वविद्यालयको अवस्था बलियो भएको भए सोही विश्वविद्यालयबाट सम्वन्धन लिएर मेडिकल कलेजकै प्रारुपमा सञ्चालन हुँदा पनि ठुलाे समस्या नहुने तर्क गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?