हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
+
-

धनगढी– हिमपातका कारण क्षति पुगेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमका फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ।

बिहीबारदेखि परेको हिमपातका कारण शुक्रबार बेलुकादेखि नै टेलिफोन र इन्टरनेट अवरुद्ध भएको हो।

हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि सुदूरपश्चिमका पहाडी बझाङ, बाजुरा लगायतका जिल्ला शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुन पुगेका छन्।

बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ।

यस्तै, डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवासमेत अवरुद्ध छ। हिमपातका कारण विद्युत् सेवा अरुवद्ध भएको हो। अवरुद्ध रहेको विद्युत् सेवा संचालनमा ल्याउनको लागि कर्मचारी खटाइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ।

हिमपातका कारण अवरुद्ध भएको पहाडी जिल्लाको सडक पनि शनिबार बेलुकाबाट खुलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?