
पाेखरा– पोखराको मणिपाल मेडिकल कलेजमा स्याङ्जाकी सुनिता प्रधानले चम्ल्याहा शिशु जन्माएकी छन्।
उनले बिहीबार तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार नवजात शिशुको तौल सामान्यतया दुईदेखि साढे दुई केजी हुनुपर्नेमा उनीहरुको तौल भने केही कम छ।
यद्यपि चारवटै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। अहिले चारै शिशुलाई अस्पतालले विशेष निगरानीमा राखेको छ। अस्पतालका अनुसार शिशुलाई केहीदिन अस्पतालमै राखिनेछ।