गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुन्छ: मेट्रो प्रमुख पोखरेल

गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुन्छ: मेट्रो प्रमुख पोखरेल
+
-

काठमाडाैँ– महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानी पोखरीले गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुने जनाएको छ। मेट्रो प्रमुख विश्वराज पोखरेलले आस्था राउतले सामाजिक सञ्‍जालमा लाइभ गर्दै बोलेको विषयमा गम्भीर अनुसन्धान हुने बताएका छन्।

‘यो कुनै व्यक्तिविरुद्ध नभएर संस्थाकै बदनाम गरिएको विषय भएकाले प्रहरीले गम्भीरतापूर्वक लिएको छ’, पोखरेलले भने।

गायिका राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तल्लो दर्जाका प्रहरीबाट आफूविरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरी संगठन विरुद्ध नै आक्रोश व्यक्त गर्दै फेसबुक लाइभ गरेकी थिइन्। प्रहरी र संगठनविरुद्ध अपशब्द प्रयोग भएको पोखरेलले बताए।

‘दुर्व्यवहार भए उजुरी गर्ने ठाउँ छ तर कलाकार भन्दैमा संगठनलाई नै बदनाम गराउन पाइँदैन’, पोखरेलले भने। उनले सिसिटिभी फुटेज र सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर घटनाबारे छानबिन हुने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?