दाङ – तनहुँबाट दाङ तुलसीपुरमा छोरा भेट्न हिँडेका बुवाको बसको झ्यालबाट खसेर मृत्यु भएको छ ।
तनहुँको रिसिङ्ग गाउँपालिका वडा नं. ६ का ६१ वर्षे यमबहादुर थापाको बसको झ्यालबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले बताए ।
‘सुरुमा बसको ठक्करबाट मृत्यु भएको हो की भन्ने लाग्यो पछि अनुसन्धान गर्दै जाँदा आफै सवार बसबाट खसेर मृत्यु भएको खुल्न आएको छ’ उनले भने ‘बसको दश नम्बर सिटको टिकट उनको साथबाट फेला परेको छ ।’
प्रहरीले ना ५ ख ३१०१ नम्बरको बसलाई नियन्त्रणमा लिएको छ । लमही नगरपालीका वडा नं. १ सुन्डवरीमा घाइते अवस्थामा भेटिएका थापाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।