
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले आफ्नो संचार उपग्रह जीसैट –३० शुक्रबार बिहान सफलतापूर्वक लन्च गरेको छ ।
यो भारतीय समय अनुसार बिहान २ः३५ बजे एरियन –५ रकेटका नामले प्रक्षेपित गरिएको थियो । यसले भारतको टेलिकम्युनिकेश सेवालाई प्रभावकारी बनाउन सहयोग गर्नेछ । इसरोले आफ्नो आधिकारिक ट्विटर हैण्डलमा यसको जानकारी दिएको छ ।
India’s communication satellite #GSAT30 was successfully launched into a Geosynchronous Transfer Orbit by #Ariane5 #VA251.
Thanks for your support !!!
For details please visit: https://t.co/FveT3dGuo6
Image Courtesy: Arianespace pic.twitter.com/67csn0zZq7
— ISRO (@isro) January 16, 2020
जीसैट– ३० संचार उपग्रह इनसैट–४ए को स्थान लिने छ जसलाई सन २००५ मा लन्च गरिएको थियो । सन २०२० मा यो इसरोको पहिलो सफल मिशन हो ।