
सिमकोट-हिउँदे समय सुरु भएसँगै हुम्लामा रहेका तातो पानीका कुण्डहरु प्रयोग गर्ने आन्तरिक पर्यटकहरुको संख्या बृद्धि भएको छ।
तातो पानीमा सरसफाई गर्न पनि सहज र शरिरलाई समेत फाइदा हुने भएपछि तातो पानीको कुण्ड प्रयोग गर्नेको संख्यामा बृद्धि भएको हो।
उनापानीमा तातो पानीको कुण्ड भएको थाहा पाउने बित्तिक्कै त्यसतर्फ हानिनु भएका पैदल यात्री सुरेन्द्र अधिकारीले कुण्डमा रमाउदै यसमा मजा लिन सबैलाई आग्रह गरेका छन्।
आधा घण्टा पछि कुण्डमा पस्ने पालो पाउनु भएका उनले थाहा पाए, यता आए यसको ब्यबस्थापन गरेर यसबाट फाईदा दिने अबस्था बनाउनु पर्ने औल्याए । उक्त कुण्ड हुम्ला जिल्लाकै नाम कमाएको कुण्डमा पर्ने गर्छ।
उक्त तातो पानी कुण्डमा दैनिक तीन सय भन्दा बढी स्थानीय र आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेको उनापानी गाउँका स्थानीय दलु महताराले बताए। प्रचार प्रसारले ओझेलमा परेको कुण्डमा बिहान चार बजेबाटै मानिसहरुको घुईचो लाग्ने गरेको छ।
यो क्रम दिनमा तीन देखि चार घण्टा मात्र रोकिने गरेको छ। अन्य ब्यबस्थापन नगरिएको कुण्ड प्राकृतिक रुपमा जे प्राप्त भएको थियो, त्यही रुपमा सबैले प्रयोग गर्दै आउनु भएको छ।
बाथ तथा छाला सम्बन्धी रोगहरुको उपचार पनि कुण्डमा नुहाउदा हुने मान्याताले गर्दा हुम्लाका टाढा टाढा गाउँहरुबाट पनि मानिसहरु आउने गरेका छन्।
फिल्डमा गै रहने कर्मचारी देखि गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तातो पानी नुहाउने कार्य दैनिकी जूतै भएको छ।चिसो पानी छुनै मुस्किल हुने हुम्लामा तातो पानीले गर्दा मानिसलाई नुहाई धुवाई मात्र होइन कपडा धुलाउनका लागि पनि राहात गरेको छ।