
काठमाडौँ– विमानलस्थलमा सुरक्षामा रहेकी महिला प्रहरीलाई गाली गरेको भिडियो भाइरल भएपछि गायिका आस्था राउतको बारेमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाई प्रहरी प्रशासनलाई नराम्रो शब्द बोलेर गाली गरेकी आस्थालाई ‘एरोगेन्ट’ भएको बताइएको छ।
धेरैले आस्थालाई सुरक्षा व्यवस्था उल्लङ्घन गर्न खोजेको भन्दै आस्थाको नै गल्ती भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा यो घटनाले हल्लीखल्ली तहल्का मच्चाएको छ भने ट्वीटरमा पनि आस्थालाई समर्थन गर्ने भन्दा पनि गाली गर्नेको बाहुल्य देखिन्छ।
हेर्नुहोस् ट्वीटरमा कसकसले के के भने,
रास्ट्रप्रेमी कलाकार हु भन्दै एयरपोर्टमा सम्मान खोज्ने आस्था राउतले सिंगो प्रहरी संगठनलाई अपमान गरेकिछन।डियुटिमा रहेका प्रहरीले चेकजाँच नगरे के गर्नेत?।रास्ट्रसेवक प्रहरी लाई जथाभावीका शब्दहरु बोल्नु नै आफ्नो औकात देखाउनु हो। छनबिन गरि राउत लाई तत्काल कारबाही गर्नुपर्छ।
— Arjun Bista (@Abi_Jeee) January 17, 2020
हैन यी आस्था राउत भन्ने मान्छे अर्कै ग्रह बाट झरेकी हुन र यिनलाई प्रहरीले चेकजाँच नै गर्ननहुने निश्पछय छानबिन होस र यिनलाई प्रहरी माथि यसरी गालिगलौज गरेको मुद्दामा कारबाही होस यस्तै मान्छेले हो सूचना प्रबिधि बिधेयक को बिरोध गर्ने कि हामीले जे बोले जे गरे नि छुट हुनुपर्छ भन्ने
— Shailendra (@purenischal) January 17, 2020
‘आस्था राउत’ जि को भिडियो हेरियो!’संस्कार’ को कुरा गर्नु भा रैछ तर ‘कु-संस्कारी’ भएर!”Respect भन्ने कुरा दिएर मात्र पाईन्छ” भन्नु भा रैछ तर ‘disrespect’ देखाएर!”हजुर/तपॉई भन्नु पर्छ” भन्नु भा रैछ तर “तँ तँ र म म” गर्दै!अरे दिज्यु,संस्कारको कुरा गर्दा संस्कारी नै भएर गर्नु राम्रो!
— भावुक~~The Emotional (@bhaabuk) January 16, 2020
मलाई नेपालकि छोरी हैन भन्न कहाँ मिल्छ र भन्दै गित गाउन्थिन ।
यहि भाषा र बोल्ने शैलीले गर्दा कसले भन्देछ आस्था राउत लाई नेपाली हैनस भनेर ।— 🇳🇵सुरेन्द्र काफ्ले कालिकोटे 🌳 (@SurendraNsuNC) January 17, 2020
ब्यक्तिगत सम्मान सबै को बरा वर हुन्छ आस्था राउत जि ……
त्यो कफि राखी चेक गर्दै मा घमण्ड उग्र देखियो किन तपाईं को कफि राख्न हुदैन ? कानुन नियम सबै लाई हो सो कफि लिदा कुन स्तर घत्छ र ?
तपाईं ले कफि लिनै नमान्नु मा तपाईं को घमण्ड र मै हु प्रबुती प्रष्ट झल्किन्छ !
चेतना भया ! pic.twitter.com/qImyx08wf0— बिदेसियेको एक जिन्दगि (@bml18642044) January 17, 2020
CCTV फुटेज हेरे पछि आस्था राउत जतिको घटिया मान्छे कोहि लागेन #plz नेपाल प्रहरिलाई स्वतन्त्र काम गर्ने वातावरण बनाउनु हाम्रो पनि कर्तव्य हो#सचेत नेपाली एक हौ
— 😂😂मुस्कान पासा😂😂 (@syco02) January 17, 2020
आफू तल्लो स्तरको शब्द बोलेर अरूलाई राम्रो आचरण गर्न सुझाव बर्षाउँदै गुरू सेलिब्रेटी आस्था राउत ।
आफू जस्ताको तस्तै रहेर दुनियाँ बदल्न चाहानेको एउटा दृश्य ।
(कफी हातमा बोकेर आएकि राउतलाई पुलिसले चेक गर्न ज्याकेटको चेन खोल्दिनुस न भने पछिको हर्कत) pic.twitter.com/6u73FflL4z— तर्कशास्त्री (@factmail) January 16, 2020
सामाजिक सञ्जालमा अहिले उनको चर्को आलोचना भईरहेको छ। प्रहरीले यस घटनाको बारेमा छानविन गर्ने र राउत दोषी पाइएमा कारवाही हुने बताइसकेको छ। यसपछि भने आस्थाले फेसबुक लाइभ आएर आफूले बोलेको केही शब्दप्रति आफू क्षमाप्रार्थी रहेको बताएकी छन् ।