परिकार, परम्परा र परिवार धान्ने माध्यम

सेलरोटीको स्वादिलो लोकप्रियता

सेलरोटीको स्वादिलो लोकप्रियता
+
-

माेरङ – ‘मलाई सेलरोटी देख्यो कि मुख रसाएर आउँछ, औधी मनपर्छ’, विराटनगरमा युवा अभियानकर्मीका रुपमा परिचित जिनाजङ कार्कीले सुनाइन्।

विगत ८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका सञ्चारकर्मी नविन रायमाझीको बुझाइमा पनि सेलरोटी नेपालीको मौलिक खाद्यको रुपमा रहेको छ। उनी भन्छन्, ‘विदेशमा कुनै शुभकार्य गर्दा होस् या चाडपर्व, सेलरोटी अवश्य पाक्ने गर्छ। हामीले नेपालीको पहिचानका रुपमा समेत यसलाई लिन सक्छौँ।’

नेपालीको खाने परिकार मध्ये फरक स्थानमा राखिएको सेलरोटी हिन्दु नेपालीको घरमा विशेष गरी चाडपर्व वा पूजाआजाका क्रममा चोखो परिकारका रुपमा लिइन्छ। नेपालभित्र या विदेशी भूमिमा बसोबास गर्ने नेपाली माझ चाडपर्व, उत्सव आयो कि सेलरोटीको महिमा सुरु हुन्छ।

यद्यपि बढ्दो आधुनिकतासँगै बेग्रल्ती खुलेका होटल तथा रेष्टुरेन्टमा भने पिज्जा, बर्गर, म:म:, चाउमिनको आधिपत्य रहेको छ।

यस्तै खानेकुराको होडमा नेपाली पहिचानको सेलरोटीको बजार प्रवर्द्धन गरिनुपर्नेमा कार्की जोड दिन्छिन्। उनी भन्छिन्, ‘भ्रमण वर्षको समयमा प्रदेश एकका होटलहरुमा यसलाई मेन्युमै राख्न सके सेलरोटीलाई पनि न्याय गरेको देखिन्थ्यो।’

प्रदेश एकको राजधानी विराटनगरमा सेलरोटीको माग बढ्दो छ। करिब ४ वर्षदेखि विराटनगरको पुष्पलाल चाेकमा सेलरोटी खाजाको पसल खुलेको थियो। त्यसपछि विस्तारै महानगरका विभिन्न स्थानमा सेलरोटीलाई नै केन्द्रित गरेर खाजा घर खुल्न थालेका छन्।

महानगरको मुख्य बजार सातघुम्ती मोडमा गत वैशाखमा खुलेको एक खाजा घरले समेत सेलरोटीलाई मेन्युमा राखेको छ। खाजा घरका सञ्चालक दीपक ओझाका अनुसार, ‘सेलरोटीको माग बजारमा राम्रो रहेको छ।’

सिजनमा उनलाई ग्राहकको अर्डर लिएर काम गर्न भ्याइनभ्याइ हुने गरेको छ। ओझा भन्छन्, ‘व्यवसाय गर्नुअघि सुरुमा अन्याैल नै थियाे। सेलले मात्र धान्छ कि धान्दैन भनेर। तर अहिले राम्रो व्यापार भएको छ।’

दुईवटा सानो कोठाको मासिक १८ हजार रुपैयाँ भाडा तिरेर खाजा घर चलाउँदै आएका ओझा भोज, विवाह, व्रतवन्ध तथा अन्य कार्यक्रमको अर्डर आउँदा भ्याइनभ्याइ हुने बताउँछन्व। दुईजना कर्मचारी राखेर खाजा घर खोलेका ओझा सामुहिक कार्यक्रम हुँदा एकैपटक बढीमा ८ सय ३० वटासम्म सेलको माग भएकाे बताउँछन्।

खाजा पसल सञ्चालक दीपक ओझा।

उनी भन्छन्, ‘हामीले एकैपटक ८ सय ३० वटा सेलसम्म दैनिक ग्राहकको माग अनुसार उपलब्ध गराएका छौँ।’

यसलाई होटलहरुमा राख्न सकिए सेलको विक्री गर्न सकिने उनको भनाइ छ। उनको होटलमा प्रतिगोटा २० रुपैयाँ पर्ने सेलसँगै आलुको अचार पनि रहन्छ।

यसैगरि मोरङकै लेटांग नगरपालिकामा गत वर्ष असारमा करिब एक महिना लेटांग लायन्सले एक बिरामी बालिका मनिषा लिम्बूको उपचारका लागि सेलरोटी अभियान चलाएको थियो। अभियानकी सदस्य भूमिका पाख्रिनले सेलरोटीलाई खाजाका रुपमा अभियानमा राख्दा स्थानीयबाट राम्रो साथ पाएको बताउँछिन्।

‘बिरामीको लागि भनेर भन्दा पनि सेल नै मन पराउनेहरुले रकम जुटाइदिए’, उनी भन्छिन, ‘सो समय बिरामीलाई भन्दै २ वटा सेलरोटी र अचारलाई १ हजारसम्म दिएका थिए। जबकी हामीले त्यतिलाई ५० रुपैयाँ तोकेका थियौँ।’

‘सहयोगका क्रममा सेल बिक्री गर्दा हामीले कम्ती १० लाख रुपैयाँ संकलन गरेका थियौँ। जतिबेला दैनिक कम्तीमा २० किलो चामलको सेल खपत हुने गर्थ्याे’, उनी भन्छिन्।

‘अन्य खानाको तुलनामा मौलिकता झल्कने सेलरोटीलाई कम्तीमा सरकारी कार्यालयका क्यान्टिनमा खाजाका रुपमा उपलब्ध गराउन सके परिकारलाई न्याय गर्छ जस्तो लाग्छ। आखिर सेल मन नपराउने को होला र ?’ पाख्रिनले थपिन्।

त्यसैगरि विराट सडक महोत्सवमा समेत सेलरोटीको स्टल राखेर ग्राहकहरुलाई स्वाद प्रदान गरिएको आयोजक जतिन ताम्राकारले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?