नेकपाले सापकोटालाई बनायो सभामुखको उम्मेद्वार

नेकपाले सापकोटालाई बनायो सभामुखको उम्मेद्वार
+
-

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेको सभामुख पदका लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।

संसद प्रमुख बिहीन भएको करिव चार महिनापछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै बफादारलाई सभामुख बनाउनु पर्ने अडानबाट पछि हटेपछि पूर्व माओवादी पृष्टभूमिका अग्नि सापकोटाले सभामुख बन्ने अवसर प्राप्त गरेका हुन्।

आइतबार बिहान बालुवाटारमा भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार माओवादी पृष्टभूमिबाटै सभामुख बनाउनु पर्ने आफ्नो अडानबाट पछि नहटेपछि ओली आफ्नो अडानबाट पछि हट्न बाध्य भएका हुन्।

योसँगै प्रचण्डले आफ्नो जित भएको भन्दै खुसी व्यक्ति गरेको उनी निकट एक नेताले बताए।

पार्टी एकताका बेला भएको सहमति अनुसार पूर्व माओवादीबाटै सभामुख बनेका कृष्णबहादुर महरालाई बलात्कारको अभियोग लागेपछि गत असोज १४ गते उनले सभामुख पदबाट राजीनामा दिएका थिए।

अब उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्नेछिन्।

यो पनि पढ्नुहोस्

ओली पछि हटेपछि अग्नि सापकोटालाई सभामुखको अवसर, प्रचण्ड दंग

ओली पछि हटेपछि अग्नि सापकोटालाई सभामुखको अवसर, प्रचण्ड दंग

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’