बाघका यी तस्कर जाे पाँच वटा छाला तस्करीमा स‌ंलग्न थिए

बाघका यी तस्कर  जाे पाँच वटा छाला तस्करीमा स‌ंलग्न थिए
+
-

काठमाडौं- नेपाल‌मा बाघ मारेर त्यसको छाला र हड्डी तस्करी गरेको आरोपमा दोषी ठहर भएका काठमाडौंका लोडु डीमे भारतबाट पक्राउ परेका छन्।

२०६९ सालमा काठमाडौंबाट पाँच वटा बाघका छाला र  हड्डी रसुवातर्फ लैजादै गर्दा पक्राउ परेको घटनामा पुनरावेदन अदालत पाटनले पाँच दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको थियो।

आइचर गाडीमा पाँचवटा बाघका छाला तथा हड्डी राखिएका सात वटा बोरा ककनीमा प्रहरी जाँचमा बरामद भएको थियो। प्रहरीले गाडी धनी सुकबहादुर तामाङ र चालक नकुल तामाङलाई पनि पक्राउ गरेको थियो।

चामलको बोराहरुबीच लुकाएर लैजाँदै गरेको अवस्थामा ती छाला बरामद भएका थिए। अनुसन्धानका क्रममा सुक बहादुरले बौद्धस्थीत डीमेको घरबाट तीन सामान ल्याईएकाे बताएका थिए।

जिल्ला वन कार्यालय नुवाकोटले डीमेलाई एक लाख जरिवाना मात्रको फैसला गरेपछि त्यसविरुद्ध पुनरावेदन भएको थियो।

भारतिय इन्टरपोलको सहयोगमा डीमेले पक्राउ परेका हुन्। तीब्बतियन मुलका डीमे अंगिकृत नेपाली नागरिक हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?