चार सवारी चालक पुर्पपक्षका लागि कारागार चलान

चार सवारी चालक पुर्पपक्षका लागि कारागार चलान
+
-

कास्की-सवारीसाधन चलाउने क्रममा विभिन्न कारण दुर्घटना गराएका चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रनाउ राजकुमार केसीका अनुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेका र गाडीको ढोका खुल्ला राख्दा दुर्घटना गराई मानवीय क्षति पुर्‍याएको अभियोगमा चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

जिल्ला अदालत कास्कीको आदेशानुसार सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने किशोर भण्डारी र कृष्ण विश्वकर्मा, ढोका खुला राखी गाडी चलाउने रविन राई एवम् मापसे गरी सवारीसाधान चलाई दुर्घटना गराउने सुजन विकलाई कारागार चलान गरिएको उहाँले जानकारी दिए।

उनका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा कार दुर्घटनाका कारण पोखरा–११ फूलबारी बस्ने २२ वर्षीय रेक्स आलेको मृत्यु भएको थियो। सवारी अनुमतिपत्र बिना कार चलाउने दाङ तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय किशोर भण्डारीले चलाएको ग१च ९६९९ नंको कारले ठक्कर दिँदा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ।

त्यसैगरी अनुमतिपत्र बिना मोटरसाइकल चलाएर सवारी दुर्घटना गराएको अभियोगमा पोखरा– २६ अर्घौंचोक बस्ने २७ वर्षीय कृष्ण विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–३० शिशुवाचोकस्थित भित्री सडकबाट डाँडाकोनाकतर्पm जाँदै गरेको ना४५प ५६९४ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ८१ वर्षीय भानुभक्त तिवारीको मुत्यु भएको प्रहरीले जनाएको छ। बालोदय उच्च माविको ग१क २४९९ नंको बसका चालक सुनसरी धरान नगरपालिका–१९ घर भएका ४३ वर्षीय रबिन राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

पोखरा–१७ राममन्दिर नजीकै ढोका बन्द नगरी चलाएको बसबाट अचानक खस्दा पोखरा–१७ विरौटा निवासी २६ वर्षीय सरिता पौडेल सुवेदीको सोही बसको पछिल्लो चक्काले कुल्चियर मृत्यु भएको थियो।

पुर्पक्षका लागि कारागार चलाउन हुनेमा मापसे गरी अनियन्त्रित तथा लापरवाहीपूर्ण तरिकाले चलाइएको ग१७प ३५४७ नंको स्कुटरका चालक २५ वर्षीय सुजन विक रहेका छन्।

पोखराको पृथ्वीचोक सडकखण्डमा भएको स्कुटरको ठक्करबाट पोखरा– ९ नयाँबजारका ४२ वर्षीय अमृत घिमिरे घाइते भएका थिए। सवारी दुर्घटना गराई भागेका चालक विकलाई पक्राउ गरी अङ्गभङ्ग शीर्षकमा मुद्दा दर्ता गरिएको प्रवक्ता केसीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?