
पाेखरा– प्रहरीले गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)लाई पक्राउ गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड होनको आरोपमा उनलाई प्रकाउ गरिएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
यसअघि गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो।
मंगलबार मनाङेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए। मनाङेविरुद्ध बुधबार अध्यक्ष गुरुङले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।