कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो

कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो
+
-

जितपुर-यहाँ प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ ।

प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको एमाले प्रतिनिधिसभा समानुपातिकतर्फ भने काँग्रेसभन्दा पछि परेको हो । समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ ।

प्रतिनिधिसभातर्फ दुई लाख ३० हजार ९२ मत गणना गरिएकोमा २९ हजार ८९५ मत बदर भएको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्रमा मात्र एमालेले काँग्रेसभन्दा बढी मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ भने एमालेले बढी मत प्राप्त गरेको छ ।

काँग्रेस ६१ हजार २९२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी, नेकपा (एमाले) ले ६० हजार ९९४ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने २१ हजार ९६७ मत ल्याएर राजपा तेस्रो पार्टी, १८ हजार ६६७ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल चौथो बनेको छ भने १० हजार ८३३ मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र) पाँचौ नं मा पुगेको छ ।

कपिलवस्तु प्रतिनिधिसभा एकमा काँग्रेसले २२ हजार ८८५, एमालेले २३ हजार ५९८, माओवादी केन्द्रले पाँच हजार ४८० र राजपाले चार हजार ६३२ मत प्राप्त गरेको छ ।

त्यसैगरी, कपिलवस्तु प्रतिनिधिसभा दुईमा काँग्रेसले २६ हजार ५०, एमालेले २५ हजार ९१, माओवादी केन्द्रले दुई हजार ३१८ र राजपाले पाँच हजार ८७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतिनिधिसभा तीनमा काँग्रेसले १२ हजार ३५७, एमालेले १२ हजार ३०५, माओवादी केन्द्रले तीन हजार ३५ र राजपाले ११ हजार ३६० मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा भने एमालेले ५७ हजार ६२० मत ल्याएर पहिलो भएको छ भने काँग्रेस एमालेपछिको ५२ हजार ८४९ मत ल्याएर दोस्रो, राजपाले १९ हजार ४९८ मतका साथ तेस्रो र संघीय समाजवादी फोरमले १७ हजार १९९ मत ल्याएर चौथो र माओवादी केन्द्र भने १० हजार १७८ मत प्राप्त गर्दै पाँचौँ भएको छ ।

क्षेत्र १ मा एक लाख १६ हजार ९३७, क्षेत्र २ मा एक लाख दुई हजार ४२० र क्षेत्र ३ मा ९२ हजार ४०३ गरी कुल तीन लाख ११ हजार ७६० मतदाता रहेको यस जिल्लामा क्षेत्र १ मा ८४ हजार ९६०, क्षेत्र २ मा ७६ हजार ९६ र क्षेत्र ३ मा ६९ हजार ३६ मत खसेको थियो ।

जिल्लामा कुल ७३.८० प्रतिशत मत खसेको थियो । त्यसमध्ये जम्मा ८७.०७ प्रतिशत मात्र मत सदर भएको छ भने १२.९३ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ प्रदेशमा चारवटा सिट वाम गठबन्धनले जितेको थियो भने काँग्रेस र संघीय समाजवादी फोरमले एक/एक सिट जितेका थिए ।

त्यस्तै, प्रतिनिधिसभातर्फ कपिलवस्तु क्षेत्र नं १ मा माओवादी केन्द्रबाट चक्रपाणि खनाल (बलदेव), क्षेत्र २ बाट एमालेका वृजेसकुमार गुप्ता र कपिलवस्तु क्षेत्र नं ३ मा नेपाली काँग्रेसका नेता अभिषेकप्रताप शाह विजयी हुनुभएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?