
चलचित्र थ्री बिल्बोर्ड आउटसाइड एबिङ, मिजोरीमा अगरेको अभियनका लागि यस वर्ष सर्वोत्कृष्ट अभिनेत्रीका रुपमा अवार्ड जितेकी फ्र्यानसिस म्याकडोर्म्याण्डको ओस्कार अवार्ड चोरी भएको छ ।
प्रहरीले ओस्कार अवार्ड चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको अवार्ड समारोहपछि म्याकडोर्म्याण्डको ओस्कार अवार्ड चोरी भएको हो ।
पक्राउ पर्ने व्यक्तिको नाम टेरी ब्रायन्ट रहेको लस एन्जलस प्रहरीले जनाएको छ । ओस्कार अवार्ड गभर्नस् बालबाट हराएको थियो । चोरीमा संलग्न ४७ वर्षे ब्रायन्टलाई रिहा हुनका लागि २० हजार डलर धरौटी तिर्नु पर्ने भएको छ । उनी आउँदो दिनमा यस सम्बन्धी मुद्दामा अदालत उपस्थित हुनु पर्ने छ ।
द सेप अफ वाटर सर्वोत्कृष्ट चलचित्र, कुन विधामा कसले जिते ?
ओस्कार अवार्ड पछि अभिनेत्री म्याकडोर्म्याण्डलाई फिर्ता गरिएको छ । अभिनेत्रीका प्रतिनिधिलाई उद्धृत गर्दै युएसए टुडेले भनेको छ, ‘फ्र्यान र ओस्कार एकीकृत भएका छन् ।’