सुदूरपश्चिमका दुई जिल्लामा हात्तीपाइले निवारण अभियान

सुदूरपश्चिमका दुई जिल्लामा हात्तीपाइले निवारण अभियान
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा पुनः हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरिने भएको छ। सन् २०१३ मा सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लामा अभियान सञ्चालन गरिएको थियो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले आठौं चरणको अभियान प्रदेशका दुई वटा जिल्लामा माघ २५ गतेदेखि सञ्चालन हुने जानकारी दिए। उनले भने,‘कञ्चनपुरमा हात्तीपाइले रोगविरुद्धको औषधि यही वर्षमात्र खुवाइने छ। कैलालीमा अझै अर्को वर्ष पनि खुवाउनु पर्ने अपवस्था देखिएको छ।’

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेकाे दर आर्थिक वर्ष २०७५/७६ मा पनि ६९ प्रतिशत मात्र रहेको थियो। जसका कारण जिल्लामा पुनः नवाैं चरणको अभियान पनि सञ्चालन गर्नुपर्ने देखिएको छ।

स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार गत वर्ष आठ लाख २९ हजार १३ जनसंख्या रहेकोमा ६ लाख ३५ हजार तीन सय सात जनाले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए।

कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने लक्ष्य लिएको छ। त्यसका लागि स्थानीय तहलाई विभिन्न चरणका अन्तरक्रिया, गोष्ठी, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, प्रचार–प्रसार लगायतका कार्यक्रमहरु अघि बढाएको जनाइएको छ।

पाँच लाख १७ हजार दुई सय ५० जनसंख्या रहेको कञ्चनपुर जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा तीन लाख ८६ हजार दुई सय ५० जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए। स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सिद्धराज भट्टले यस वर्ष झण्डै ८५ प्रतिशत जनसंख्यालाई हातीपाइले रोगविरुद्धको औषधि सेवन गराउने लक्ष्य लिइएको बताए।

नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइलेलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्साबाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो।

हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफ्नै उपस्थितिमा खुवाउनु पर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

औषधि घर–घरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण कैलालीमा हात्तीपाइले निवारण कार्यक्रम प्रभावकारी हुन नसकेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?