ओपाेले भन्याे– प्रविधिकाे विकासमा २०१९ मा उल्लेख्य सफलता

ओपाेले भन्याे– प्रविधिकाे विकासमा २०१९ मा उल्लेख्य सफलता
+
-

काठमाडौँ– ओपो कम्पनीले सन् २०१९ प्रविधि विकासका लागि सफल रहेको जनाएको छ। आपाेले ‘प्रविधि विकास’काे समिक्षा गर्दै सन् २०१९ को सुरुवातमै सार्वजनिक गरिएको नवप्रवर्धनात्मक टेनएक्स लसलेस जुम प्रविधिले ओपोको प्रतिष्ठा मोबाइल उपकरण नवप्रवर्तकका रुपमा अझमाथि उठाएको जनाएको छ।

कम्पनीका अनुसार टेन एक्स हाइसब्रड जुम जस्ता फोटोग्राफिक तथा सिनेमाटोग्राफिक विकासका माध्यमबाट सबैलाई कला निर्माण तथा सुन्दरता कैद गर्न दैनिक अवसर प्रदान गर्ने ओपोको उद्देश्य प्राप्तिको अझ नजिक भएको छ।

यूरोपेली बजारमा व्यवसायिक फाइभजी स्मार्टफोन


यस्तै कम्पनीले ओपो रेनो फाइभजी यूरोपेली बजारमा भित्रिएको पहिलो व्यवसायिक फाइभजी स्मार्टफोनका रुपमा स्थापित गर्न सफल भएको जनाएको छ।

स्वीसकमसँग सहकार्य गर्दै रेनो फाइभजीको स्वीट्जरल्याण्डमा बिक्री आरम्भ गरेसँगै विश्वभरका थप बजारमा यो फोन उपलब्ध गरिएको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

फाइभजी नेटवर्क क्षमताका साथै रेनो सिरिजले लुकाइएको फ्रण्ट फेसिङ क्यामेरासहितको फुलपानोरामिक स्क्रिन, नवप्रवर्धनात्मक पिभोट राइजिङ क्यामेरा, टेनएक्स हाइब्रिड जुमसहितको तीनओटा लेन्ससहित रियर क्यामेरा तथा सर्वोत्कृष्ट हार्डवेयर लगायत अत्याधुनिक प्रविधिहरु मार्फत उत्कृष्ट प्रयोगकाे अनुभव प्रदान गरेको कम्पनीले दावी गरेको छ।

सुपरभोक २.० फ्ल्यास चार्जिङ


भोक फ्ल्यास चार्जिङले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ अगाडी लानुका साथै औद्योगीक मानकलाई समेत निरन्तर चुनौती प्रस्तुत गर्दै आइरहेको छ। कम्पनीका अनुसार २०१९ मा ओपोले भोक फ्ल्यास चार्जिङ प्रणालीका विभिन्न संस्करणहरु पनि सार्वजनिक गरिसकिएको छ।

ती मध्यपनि मात्र ३० मिनेटको समयमा ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई पूर्णतःचार्ज गर्न सक्ने, ओपो रेनो एसमार्फत उपलब्ध गरिएको सुपरभोक २.० प्रविधिलाई अहिले पनि विश्वकै उन्नत चार्जिङ समाधानका रुपमा लिएको कम्पनीकाे भनाइ छ।

ओपोको चार्जिङ प्रविधि निरन्तर रुपमा परिस्कृत हुँदै आइरहेको छ र यसको थप विकसित रुप सन् २०२० मा पनि आउने निश्चित रहेको कम्पनीले जानकारी दिएको छ।

फाइभजी उपकरण इको सिस्टम


ओपो ईन्नो डे २०१९ मार्फत ओपोले नवप्रवर्द्धनात्मक फाइभजी उपकरण इकोसिस्टमको घोषणा गर्‍यो। यसले मानवतालाई इन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ युगमा लैजान थप योगदान पुर्‍याएको छ कम्पनीले जनाएकाे छ। साथै कम्पनीका अनुसार आउने तीन वर्षमा ओपोले ७ बिलियन युएस डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि आर एण्ड डीमा खर्च गर्नेछ। 

फाइभजी डिभाइस इकोसिस्टमका सम्भावना प्रस्तुत गर्न ओपोले फाइभजी सीपीई, एआर ग्लासेज, स्मार्ट हेडफोन्स र स्मार्ट वाचेज लगायत विभिन्न स्मार्ट उपकरणहरुको घोषणा समेत गरिसकेको छ।

स्मार्ट उपकरण निर्माण तथा विकासको दीर्घकालिन योजनामार्फत प्रयोगकर्ताहरुका लागि विशेष, सहज र व्यक्तिगत अनुभव प्रदान गर्नु  कम्पनीकाे प्रमुख उद्देश्य रहेकाे कम्पनीकाे विज्ञप्तिमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?