हिमपातले बाटो अवरुद्ध, बझाङको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव

हिमपातले बाटो अवरुद्ध, बझाङको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव
+
-

धनगढी– पटक–पटक परेको हिमपातले बाटो अवरुद्ध भएपछि बझाङको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। झण्डै एक महिनादेखिको हिमपातका कारण स्थानीय सदरमुकाम आउन जान बञ्चित भएका छन्। त्यहाँ चल्ने खच्चर, भेडाहरु पनि हिमपातले बाटो अवरुद्ध हुँदा रुपातोला र तलकोटबाट माथि जान सकेका छैनन्।

मानिसहरुको आवतजावत बन्द र भेडा खच्चरले खाद्यान्न सामाग्री ढुवानी गर्न नसकेपछि साईपाल गाउँपालिकामा अहिले खाद्यान्न अभाव भएको छ। खाद्यान्न र अन्य समानहरुको अभाव भएपछि त्यहाँ प्रतिकेजी मोटो चामलको मूल्य १ सय ८० रुपैयाँ र एक पोका तेलको ३ सय रुपैयाँ पुगेकाे छ भने अन्य समानहरु नपाइने समस्या भएको छ।

गत महिना ढुवानी भएको खाद्यान्न सामाग्रीहरु सकिएको हुँदा अब साईपाल गाउँपालिकामा रहेका व्यापारीहरु सँग चामल पनि नभएको र घरमा भएको खाद्यान्न पनि सकिएको हुँदा भोकमरी हुने सम्भावना भएको त्यहाँका स्थानीयले बताए।

साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने,‘यसपाली हाम्रो साईपाल गाउँपालिकामा भारी हिउँपात हुँदा बाटोघाटो बन्द भएर मानिसहरुको जनजीवनमा समेत साह्रै समस्या परेको छ। अस्ती दुई चार दिन घाम लाग्दा धलौनसम्म खच्चरहरु पुगेका थिए’, उनले भने, ‘फेरी पानी र हिमपात भएपछि बाटो अवरुद्ध भएको छ।’

लामो समय बाटो अवरुद्ध भएर खच्चर चल्न नसक्दा साईपालमा खाद्यान्न अभाव भएको उनले जानकारी दिए। गाउँपालिका कार्यालयसम्म जाने बाटो समेत हिउँ परेर जान नसक्दा गाउँपालिका अध्यक्षसहित अन्य कर्मचारीहरु समेत सदरमुकाममै रोकिएका छन्।

सदरमुकाम चैनपुरबाट ५ दिन पैदल हिँडेर पुगिने साईपाल गाउँपालिकाको केन्द्र रहेको काँडागाउँमा माथिल्लो बस्ती धुलीबाट पनि मानिसहरु आउन सकेका छैनन् भने धलौन गाउँबाट पनि काँडामा जान नसक्दा पालिकाको केन्द्रसँग पनि स्थानीयको आवतजावत बन्द भएको छ।

सदरमुकाम चैनपुरमा रहेका साईपाल गाउँपालिका ४ धुली जगेराका राजु रोकायाले भने,‘घर जाउँ भने बाटोमा धेरै हिउँ परेको खबर छ, घर जान नसकेर दुई सातादेखि चैनपुरमै बसेको छु ’

उनी संगै सदरमुकाम आएका अन्य स्थानीयहरु बीचमा एक दुई दिन मौसम सुधार हुँदा गाउँतिर हिँडे पनि अन्य धुलीकाँडाका मानिसहरु भने झण्डै एक महिनादेखि सदरमुकाम चैनपुरमै रोकिएका छन्।

लामो समयको झरीसँगै भारी हिमपातले तलकोट गाउँपालिकाको खौलादेखि साईपाल गाउँपालिका जाने बाटो कुवा, जाडलेक, धलौन लाग्ना, काकरकोट, काँडा, काया, बलौडी, धुलीसहित सेती पारी न्युनामा पनि ४/५ फिटको हिउँ परेको हुँदा १५/२० दिनदेखि मानिसहरुकाे आवतजावत बन्द भएको स्थानीय महिमान तामाङले बताए।

रुपातोला र खौलाबाट साईपाल गाउँपालिकाका लागि खाद्यान्न सामाग्री लिएर हिड्ने खच्चरहरु पनि दुई सातादेखि माथिल्लो भेगमा जान सकेका छैनन्।

पाँचौ पटक हिमपात


सुदूरपश्चिमका पहाडी जिल्लामा पुस यता मात्रै पाँचौ पटक हिमपात भएको छ। हिमपातका कारण बैतडी, बझाङ,डोटी, बाजुरा लगायतका जिल्लामा यातायात अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बैतडीको श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे, सतबाँझ, ग्वाल्लेक, जित्की जुवाँड, कलालबसे लगायतका अधिकांश क्षेत्रमा हिमपात हुँदा पहाडी ७ जिल्लाको यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी प्रवक्ता मोहन साउँदले बताए।

लगातारको हिमपातका कारण पहाडी क्षेत्रमा तरकारी, फलफूलमा ठुूलो नोक्सानी पुगेको छ। उता बाजुरामा छैठाैँ पटक हिमपात भएको छ। मंसिर २७ गतेदेखि सुरु भएको उच्च हिमाली क्षेत्रमा हिमात र बेसीतिर भारी वर्षाले बाजुराली जनताको जनजीवन अस्तव्यस्त बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?