धनगढी- प्रदेश ७ को संसद बैठकमा लगातार दोस्रोपटक रेशम चौधरीको प्रसंग उठाएपछि प्रदेश सभा सदस्य मालामती रानाको सम्बोधनप्रति नियमापत्ति जनाइएको छ।
राजपाकी सांसद मालामती रानाले बैठकमा बोल्ने क्रममा रेशमलाई थुनामा राखेर जबर्जस्ती अपराधी सावित गर्न खोजेको प्रसंग झिकेपछि एमालेका सांसद लिलाधर भट्टले नियमापत्ति प्रकट गरेका हुन्।
रानाले यसअघि प्रदेश सभाको पहिलो बैठकमा पनि रेशमलाई प्रमाणपत्र दिन माग गरेकी थिइन्। मंगलबारको बैठकमा पनि मालामतीले जनताको अपार समर्थन पाएर चुनाव जितेका रेशम चौधरीलाई ब्राम्हणबादी शाषकहरुले अन्याय गरेको आरोप लगाएकी थिइन्।
रानाले यसो भनिरहँदा बीचमै उठेर बोलेका बैतडीबाट प्रदेश सभा सदस्य लिलाधर भट्टले अदालातमा विचाराधीन मुद्दाका बारेमा संसदमा धारणा राख्न नपाउने नेपालको संविधानको नियम रानाले मिचेको भन्दै नियमापत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए। भट्टले नियमापत्ति जनाए पनि मालामतीले आफ्ना कुरा भने रोकिनन्।
उनले रेशमलाई अन्यत्रै स्थानान्तरण गर्ने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहको अभिव्यक्तिको पनि आलोचना गरिन्।

भर्खरै
लोकप्रिय






































































































































































































