‘सुदूरपश्चिम खप्तड गोल्ड कप’ फागुन ९ गतेदेखि धनगढीमा

‘सुदूरपश्चिम खप्तड गोल्ड कप’ फागुन ९ गतेदेखि धनगढीमा
+
-

धनगढी– सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हाे।

फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजकले जनाएको छ। चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब प्रतियोगिताको तयारीमा जुटेकाे छ।

प्रतियोगिता सञ्चालनमा लागि विभिन्न उपसमिति बनाइएको जानकारी क्लबका अध्यक्ष सुरेश हमालले दिए। प्रतियोगिताको माध्यमबाट सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए।

दुई विदेशीसहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

फिफा र एन्फाको नियम अनुसार खेल नकआउट चरणमा खेलाइने छ। १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्नेछ।

प्रतियोगितालाई नेपाल टेलिकमले सह–प्रायोजन गरेको छ। सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि प्रतियाेगिता आयोजना गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?