राजपा–नेकपाको गठबन्धनको सरकार बन्ने सम्भावना छ: भण्डारी

राजपा–नेकपाको गठबन्धनको सरकार बन्ने सम्भावना छ: भण्डारी
+
-

जनकपुरधाम – प्रदेश २ को सत्ता परिवर्तन हुने हल्लाको बिच राजपा–नेकपा गठबन्धनको सरकार बन्ने सम्भावना रहेको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरद सिंह भण्डारीले बताएका छन् ।

अहिलेको राजपा–समाजवादी पार्टी गठबन्धनको प्रदेश सरकारले जनताको भावना अनुरुप काम गर्न नसकेकोले सरकारको मूल्यांकन गर्दै पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको राजपा नेता भण्डारीले बताए । उनले भने, ‘प्रदेश सरकारको विषयमा पुनर्विचार गर्नुपर्छ, पुनर्विचारको क्रममा सरकारमा नयाँ अनुहार आउन सक्छ वा समिकरण समेत परिवर्तन हुन सक्छ ।’

नेकपासंगको प्रदेशमा समिकरणको विषयमा उनले हामी निषेधको राजनीति गरिरहेका छैनौँ त्यसैले यो सम्भावनाबाट पनि इन्कार गर्न नसकिने बताए । निर्वाचनको क्रममा जनतासँग मधेश सरकार बनाउने वचनवद्धता व्यक्त गरेकोले त्यो वचन पूरा गरेको भन्दै नेता भण्डारीले जनताले चाहेको विकास, जनताले चाहेको परिवर्तन प्रदेश सरकारले पूरा गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

उनले प्रदेश सरकारमा शामिल मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुले नै यो कुरो स्वीकार गरिरहेकाले सरकारको विषयमा पुनर्विचार गर्नु अपरिहार्य रहेको बताए ।

राजपा संघ सरकारमा पनि शामिल हुन्छ भन्ने प्रश्नमा भण्डारीले नेकपाको आगामी कदममा यो कुरो निर्भर रहेको भण्डारीले बताए । उनले राष्ट्रियसभा निर्वाचनको क्रममा हामीले नेकपासँग दुई बुदे सहमति गरेका थियौँ, हामीले सहमतिकै आधारमा सहकार्यको वातावरण बनायौँ । अब नेकपाले सहकार्यको वातावरण बनाउनु पर्ने आवश्यक्ता रहेको बताए । उनले भने‘ राष्ट्रियसभा निर्वाचनको क्रममा नेकपालाई सघाएर सहकार्यको बाटो खोलि सकेका छौँ, संविधान संशोधनको मुद्दा, रेशम चौधरीको मुद्दामा साकारात्मक सोच देखाए संघ सरकारमा समेत हामी शामिल हुन तयार छौँ ।’

राजपा अध्यक्ष मण्डलका सदस्य भण्डारी शनिबार महोत्तरीको भंगहा नगरपालिका सिंग्याहीको रातो पुलको शिलान्यास गर्नका लागि पुगेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?