श्रद्धाञ्जली साहित्य साधकलाई!

नेपाली साहित्यका धरोहर!

नेपाली साहित्यका धरोहर!
+
-

काठमाडौंँ- नेपाली साहित्यमा अस्तित्ववादी धार स्थापित गर्न ठूलो योगदान दिएका प्रख्यात साहित्यकार इन्द्रबहादुर राई लीला लेखनका प्रणेतासमेत हुन्।

१९८४ साल माघ १७ गते दार्जिलिङको खर्साङमा जन्मिएका राई २०१० को दशकमा आधार, भारती, दियो, दियालो र रुपरेखा जस्ता चर्चित साहित्यिक पत्रिकामा आफ्ना साहित्य प्रकाशन गरेर स्थापित भएका थिए।

३० वटा कथा संग्रहित उनको पहिलो पुस्तक ‘विपना कतिपय’ सन् १९६१मा प्रकाशित भएको थियो। सन् १९६४ मा ‘आज रमिता छ’ नामक उपन्यास प्रकाशन गरेर नेपाली साहित्यमा अस्तित्ववादको स्तम्भ खडा गरेका राई कलकत्ता विश्वविद्यालयबाट स्नातक र उत्तरबंगाल विश्वविद्यालयबाट स्नातकोत्तर हुन्।

सन् १९६० को दशकको सुरुमा वैरागी काँइला, ईश्वरवल्लभसँग मिलेर उनले सुरु गरेको तेस्रो आयाम नेपाली साहित्यमा एक विशिष्ट मोड दिने अभियान थियो। निश्चित समयमा बाँचेको मानिसको पूर्णताको खोजीको रुपमा राईले तेस्रो आयामलाई अर्थ्याएका थिए। त्यसैले त कवि विप्लव प्रतीक भन्छन्, ‘राई भूतो न भविष्यतः भन्न मिल्ने स्रष्टा र द्रष्टा हुन।’

‘विश्वव्यापी ज्ञानका सबै क्षेत्रमा उत्तिकै दखल र अद्यावधिक रहने राईको हाराहारीमा अर्को नेपाली स्रष्टा छैन। उनले नेपाली साहित्यमा स्थापना गरेको तेस्रो आयामलाई बुझ्ने आजको मितिसम्म कोही जन्मिएको छैन’, प्रतीकको टिप्पणी छ।

तेस्रो आयाम एउटा मोडमा पुगेपछि बिस्तारै धमिलो हुँदै गयो। राईले साहित्यमा अर्को मोड ल्याए। त्यो थियो लीलालेखन। त्यसो त राई लीलालेखन र तेस्रो आयामलाई एउटै यात्राका फरक मोडहरु मात्र बताउने गर्थे। राईको ‘कठपुतलीको मन’लाई लीलालेखनको प्रथम आधारकृतिका रुपमा लिने गरिन्छ।

प्रख्यात साहित्यकार इन्द्रबहादुर राई रहेनन् 

राई केवल आख्यानमा मात्र सिमित छैनन् । ‘नेपाली उपन्यासका आधारहरु’ नामक समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ प्राप्त गरेका राईका सेतो ख्याकको बनोट र बुनोट, टिपेका टिप्पणीहरु, सन्दर्भमा ईश्वरवल्लभका कविता, साहित्यको अपहरण, माक्र्सवादी प्रतिबद्धता, दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी, अर्थहरुको पछिल्तिर, पृष्ठ पृष्ठ लगायतका समालोचना कृति प्रकाशित छन्। त्यस्तै उनका कथास्था नामक कथा संग्रह, पहाड र खोला, लेखहरु र झ्याल, लीला प्रस्तावना नामक निबन्ध संग्रहहरु प्रकाशित छन्। विसं. २०५१ सालमा जगदम्बाश्रीबाट सम्मानित राई दैहिक रुपमा हामीबाट विदा भए पनि नेपाली साहित्यको लामो इतिहासमा सधैँ स्मरणीय रहनेछन्।

साहित्यकार राईको ९० वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?