स्वास्थ्य

चिया पिउँदा निकल्ने आवाज मन पर्दैन ? मिसोफोनिया हुन सक्छ है !

चिया पिउँदा निकल्ने आवाज मन पर्दैन ? मिसोफोनिया हुन सक्छ है !
+
-

काठमाडौं – केही मानिसलाई विद्यालयमा शिक्षकले ब्ल्याकबोर्डमा चक घोट्दा आउने आवाज, सिमेन्टको भूईँमा खरेटोले सफागर्दा आउने आवाज, बेल्चाले गिट्टी या बालुवा उठाउदाँको आवाज, क्लास रुममा डेक्स बेन्च सार्ने बेला घिस्रार्दाको आवाज, खाना खाँदा आउने या चिया पिउँदा निस्कने आवाज र श्वास लिँदा सुनिने आवाज सुन्न अति गाहृो हुन्छ ।

यस्तो किन हुन्छ होला भनेर कौतुहलता हुन सक्छ ।

यस्तो हुनुको पछाडि व्यक्ति अरुलाई दोषी ठहराउँछ, तर उसलाई यो थाहा हुँदैन कि यस्तो हुनुमा अरु कसैको दोष नभई व्यक्तिको आफ्नै समस्या हो भनेर थाहा हुँदैन ।

हामी चाहिँ अर्काको कारणले आफूलाई अप्ठ्यारो भएको भनेर सोच्ने गर्छौँ । तसर्थ यस्तो हुनुमा अरुलाई गलत नमानेर आफूलाई किन यस्तो समस्याआई परेको हो भन्ने बुझ्नु जरुरी हुन्छ ।

यस्ता आवाज सुनेर हुने अप्ठ्यारो पनलाई मिसोफोनिया भनिन्छ । मिसोफोनिया प्राचीन ग्रिक शब्दबाट आएको हो । जसको अर्थ हुन्छ असह्य आवाज । यो मस्तिष्कको असमान्य अवस्थाबाट हुने गर्छ । जसमा मनोवैज्ञानिक एवं शारीरिक लक्षण देखिन्छ ।

मनोविमर्शकता विपुला श्रेष्ठको अनुसार एमआरआई परीक्षणबाट मस्तिष्कको एउटा अंशले व्यक्तिको संवेदनालाई भावनासँग जोड्ने गर्छ ।

मस्तिष्कमा हुने इन्टेरियर इस्युलर कर्टेक्समिसोफोनियाका बेला अत्याधिक सक्रिय हुने गर्छ । मानिसको अति आवाजप्रतिको सम्वेदनशीलता दैनिक जीवनमा समेत ठूलो असर पुर्‍याएको हुन्छ ।

यस्तो आवाजले मानिसलाई तनाब, क्रोध समेत बढाँउदछ । यसले गर्दा मानिसलाई मानसिक समस्या समेत उत्पन्नगर्न समेत हुन सक्छ ।

त्यस्तै मनोविद आदर्श प्रधान बताँउछन्, ‘एन्जाइटी डिसअर्डरको कारणले पनि मिसोफोनिया हुन सक्ने र त्यस विषयलाई लिएर शोध अनुसन्धान भइरहेको छ ।’

कसरी गर्ने समाधान

मिसोफोनिया भएको थाहाँ पाउँदा पनि व्यक्तिको केही हदसम्म सहन सक्ने क्षमतामा अभिवृद्धि हुनुको साथै विस्तारै कम हुन सक्दछ ।

यस्तो समस्या रहेका व्यक्तिमा टिनिटस रिट्रेनिङ्ग थेरापी, कग्नेटिभ व्यवहार थेरापी, एक्सपोजर थेरापी र परामर्शबाट पनि उपचार गर्ने गरेको मनोविद आदर्श प्रधान बताउँछन् ।

मनोविज्ञ बिजक्का घिमिरेका अनुसार यो समस्याको लागि त्यस्ता आवाज सुन्न कठिनाई भयो भने त्यस्तो ठाँउबाट हट्न सकिन्छ । मनोचिकित्सक एवं मनोविज्ञसँगको परामर्शबाट यस समस्याबाट बाहिर निस्कन सकिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?