बाजुरामा भाइरल ज्वराेकाे प्रकाेप, दुई जनाकाे मृत्यु

बाजुरामा भाइरल ज्वराेकाे प्रकाेप, दुई जनाकाे मृत्यु
+
-

धनगढी– बाजुरामा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका–१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएकोमा बुधबार सोही गाँउपालिकाका ७० वर्षे दलबहादुर रावलको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले बताए।

साप्पाटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकका अनुसार स्वामी कार्तिक गाउँपालिका–१ मा सिजनल फ्लु भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी परेका छन्। गाउँभरी रोग फैलिएपछि स्वास्थ्य सेवा प्रदान गर्न समेत समस्या भएको जनाइएको छ। एक साता यता बिरामीको संख्यामा वृद्धि हुँदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर कलेलले स्टकमा रहेको औषधिसहित भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए। स्वास्थ्यकर्मीले भाइरल ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भन्दै गाउँलेलाई मास्क लगाउन, पानी उमालेर खान तथा भीडभाडमा नजान सुझाव दिएको इन्चार्ज विकले बताए।

यसैगरी बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले महामारीको रुप लिएपछि गाउँपालिका केन्द्र आसपासका विद्यालय एक हप्तादेखि बन्द रहेका छन्।

हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीका अनुसार रोग नियन्त्रणको लागि स्थानीयस्तरमा ४ जनाको छुट्टै स्वास्थ्यकर्मीहरुको टिम गठन गरी उपचारमा खटाइएको तथा स्वास्थ्य कार्यालय बाजुराबाट एक जना डाक्टरसहित दुई जना स्वास्थ्यकर्मीको टिम उपचारमा खटिएका छन्।

गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लको पहलमा गाउँपालिका आफैले एक ट्रक औषधि खरिद गरी नेपालगञ्जबाट गाउँपालिकामा ढुवानी गरिसकिएको र बिरामीहरुको उपचार जारी रहेको छ।

स्वास्थ्य शाखा प्रमुख र भण्डारीका अनुसार गत हप्ता शुक्रबारसम्म जम्मा १ सय २० जनाको उपचार गरिएको त्यस्तैगरि २० गते आइतबार ५५ जना, २१ गते सोमबार १ सय ३ जना, २२ गते मंगलबार ५९ र २३ गते बुधबार १ सय २५ जना बिरामीको उपचार गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?