सीमा बसेर नेपालमा लागु औषध तस्करी, काठमाड‌ौ‌ं पुर्‍याएबापत २० हजार

सीमा बसेर नेपालमा लागु औषध तस्करी, काठमाड‌ौ‌ं पुर्‍याएबापत २० हजार
+
-

काठमाडौ‌ं- महानगरीय प्रहरी वृत जनसेवाले ठूलो परिमाणको फर्मास्युटिकल्स ड्रग्ससहित मंगलबार तीन जनालाई समात्यो। पक्राउ पर्नेमा नुवाकाेटका २५ वर्षीय सुनिल घिमिरे , बाराका ३३ वर्षका विगु रायभर र  भारतका २६ वर्षका महम्मद रियाजुद्धिन छन्।

प्रहरीका अनुसार सुनिलले काठमाडौंमा फर्मास्युटिकल्स ड्रग्सको डीलर नै सन्चालन गरेका थिए। विगु र रियाजुद्धिनले  विरगन्जबाट उक्त लागु औषध काठमाडौं ल्याएका हुन्। त्यसबापत तस्करले उनीहरुलाई २०/२० हजार रुपैयाँ दिएका थिए।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार नेपाल-भारत सीमामा बसेर एक नेपाली र एक भारतियले उक्त लागु औषध काठमाडौंका स्थानीय डीलरलाई ‘सप्लाइ’ गर्दै अाएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद भएको फर्मास्युटिकल्स ड्रग्सलाइ ग्रीजको बट्टाभित्र राखेर ल्याइएको थियो। भरियाले एउटा गाडीमा त्यसलाई पठाएर त्यसको पछिपछि अर्काे गाडीमा अाएका थिए।

१९ सय सेट एम्पुलसहित लागुऔषध तस्करको सन्जाल नियन्त्रणमा

‘भरियाहरु विरगन्जबाट सार्वजनिक साधनमै काठमाडौं आएकाे देखिन्छ।तर जुन गाडीमा उनीहरु अाए त्यो गाडीमा सामान थिए। अगाडी आएको गाडीमा राखेर पठाइएको थियो। काठमाडौंमा उनीहरुले सामान रिसिभ गर्ने समय र स्थानीय डीलरलाइ वितरण गर्ने समय पनि एकैपटक भएकाे देखिन्छ’, जनसेवा वृतका डीएसपी टेक लिम्बुले भने। काठमाडौं उपत्यकामा  फर्मास्युटिकल्स ड्रग्सको बजार ठुलो रहेको बताइन्छ।

गाँजा, चरेस लगायत लागु औषध पाउन कठिन हुने भएकाले फर्मास्युटिकल्स ड्रग्स माग गर्ने  दुर्व्यसनीको हिस्सा ठुलो छ। प्रहरीका अनुसार सामान्य अवस्थामा एक सेट (फरक फरक तीन वटा एम्पुल)लाई दुर्व्यसनीले एक हजारदेखी १५ सय रुपैयाँसम्म मुल्य तिर्छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?