सरकारविरुद्ध धनगढीमा नेवि संघको मसाल जुलुस

सरकारविरुद्ध धनगढीमा नेवि संघको मसाल जुलुस
+
-

धनगढी – नेपाल विद्यार्थी संघले ललिता निवास जग्गा अतिक्रमण प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउने काम गरिएको भन्दै धनगढीमा विरोध प्रदर्शन गरेको छ ।

बिहीबार धनगढी एल.एन चौकमा मसाल जुलुस निकाल्दै नेपाल विद्यार्थी संघले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका सत्तारुढ दलका नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई पनि कारबाहीको माग गरेका हुन् । नेकपाले अख्तियारलाई हातमा लिएर आफ्ना नेतालाई जोगाएको नेवि संघका निर्वतमान उपाध्यक्ष पुष्पकुमार शाहीले बताए ।

उनले कांग्रेस नेता विजयकुमार गच्छदारलाई फसाउन सत्तारुढ दलले झुटा मुद्दा लगाएको आरोप लगाए । विजयकुमार गच्छदारको जग्गा प्रकरणमा कुनै भूमीका नरहेको बताउँदै उनीमाथि लागेको आरोप फिर्ता गरिनुपर्ने माग गरे । मसाल जुलुसमा नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भेष वम, तपेन्द्र भुषाल लगायतको सहभागिता रहेको थियो ।

एलएनचोकबाट निकालिएको मसाल जुलुस पार्कमोड हुँदै एलएनचौक मै आएर अन्त्य भएको थियो । जुलुसमा अख्तियार माथिको हस्तक्षप बन्द गर, केपी ओली मुर्दावाद, विजय कुमार गच्छदार माथिको आरोप खारेज गर भन्दै नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?